शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
जनार्जन खत्री
सर्लाही, वैशाख २५ गते । सर्लाहीको हरिवन नगरपालिका–१, बिलन्दी टोलमा शुक्रबार बिहान ग्यास लिक भएर आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ ।
बिलन्दीका दिवस बम्जनको भान्सा घरमा ग्यास सिलिन्डर लिक भई आगलागी भएको हो । आगलागीबाट घरसहित घरभित्र रहेको कपडा, फर्निचर, गरगहनालगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी गाउँले, सुरक्षाकर्मी र नेपाली सेनाको भैरवीदल गणबाट पुगेको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिनुभयो ।