सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण कार्य बन्द भएको छ । यातायात व्यवस्था विभाग जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि लाइसेन्सका सबै काम बन्द भएको हो ।
थारु समुदायका महिलाहरूले मनाउने मुख्य पर्वका रूपमा रहेको जितिया पर्व शनिवारदेखि सुरु भएको छ । तर, यस वर्ष अरु वर्षकोजस्तो रौनक छैन ।
‘जेनजी पुस्ता’ को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र भवन सोमबारदेखि खुल्ने भएका छन् । चलचित्र भवन सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घको आज बसेको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो तीन दिन नै वर्षा हुने र यो खण्डित वर्षा हुने जनाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ‘जेनजी पुस्ता’को आन्दोलनमा सहभागी भई तोडफोड तथा आगजनीमा संलग्न भएको पुष्टि भएमा आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग (एनएचआरसी) का सदस्य डा. सूर्यप्रसाद शर्मा ढुङ्गेलले पदबाट राजीनामा दिनुभएको छ।
दक्षिण पञ्जाबका केही भागहरूमा अत्यधिक वर्षापछि आएको बाढीका कारण करिब २५ लाख मानिसहरू विस्थापित भएका छन् ।
पेपल र सिटी ग्रुपसहितका अमेरिकी वित्त कम्पनीहरूले बेलायतमा एक अर्ब २५ करोड पाउन्ड (एक अर्ब ७० करोड डलर) लगानी गर्ने योजना सार्वजनिक गरेका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार तीन वटा पूर्ण र दुई आंशिक सहित पाँच वटा प्रहरी भवनमा क्षति भएको छ। यस्तै, आठ आंशिक र चार सामान्य गरी १२ वटा सर्वसाधारणका निजी घरमा क्षति भएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार संविधानको धारा १५७ को उपधारा (२) बमोजिम आइतबार राष्ट्रपतिले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो। यसअघि पूर्व महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनुभएको थियो।
धनुषा प्रहरीले जेलबाट फरार भएका चार विदेशी नागरिकसहित १० जनालाई नियन्त्रणमा लिएको छ।
‘जेनजी’ समूहको आन्दोलनका पहिलो निशानामा परेको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनभित्रको चौघेराबाहेक सम्पूर्ण संरचना ध्वस्त भएका छन्।
नजिकिएको दसैँ तिहारसहित चावपर्वका अवसरमा चामलको मूल्यमा छुट सुविधा दिइएको छ। चाडपर्वको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्दै आएको चामलको मूल्यमा छुट सुविधा दिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आज स्वीकृत गर्नुभएको छ ।
नेपाल राष्ट्र बैङ्क तथा वित्तिय संस्थाहरुले दसैँका लागि सुकिला नोट सटही सुरु गरेको छ ।