घडियाल गोहीका बच्चा उत्पादन गर्न चितवन राष्ट्रिय निकुञ्जले खोलामा गोहीका अन्डा सङ्कलनको पूर्वतयारी गरेको छ । निकुञ्जको राप्ती नदी किनारमा घडियाल गोहीले अन्डा पार्नका लागि गुँड तयार गर्दछ ।
कालीकोटको नरहरिनाथ गाउँपालिकाको लालुदेखि पचालझरना र बाजुराको सिमानासम्म जोड्ने लालुलैफु राजमार्ग निर्माणका लागि पहरो काटेर छिचोलेपछि मोटर चल्न थालेका छन् ।
ताप्लेजुङ, चैत २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३, साँघुमा देखिएको नीलतुथो अर्जुनक चरा । तस्बिरः रासस
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई लागुऔषधमुक्त गाउँपालिका घोषणा गरिएको छ । लागुऔषध प्रयोग गर्नेहरू फेला नपरेको र आगामी दिनमा यसको प्रयोग गर्ने वातावरण नबनोस् भन्नका लागि बुधबार लागुऔषधमुक्त गाउँपालिका घोषणा गरिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित याक्खा भाषा
पछिल्लो समय वीरेन्द्रनगरमा सुरक्षा चुनौती बढ्दो क्रममा छ । सङ्घीयता कार्यान्वयनसँगै प्रदेश राजधानी वीरेन्द्रनगरको जनघनत्व दिनानुदिन बढ्दो छ । सोही अनुपातमा सवारीसाधनको चाप पनि बढ्दै गएको छ ।
उपल्लो मुस्ताङका व्यापारीले चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाकाबाट घरायसी प्रयोजनका लागि मात्र नभई व्यावसायिक रूपमा सहज हुने गरी सामान ढुवानीको वातावरण बनाउन आग्रह गरेका छन् ।
जयगढ बजारमा आगजनीबाट पीडितलाई विभिन्न निकाय र व्यक्तिबाट सहयोग जुट्न थालेको छ । अग्निपीडितलाई प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल र व्यक्तिगत रूपमा समेत सहयोग जुट्न थालेको छ ।
विश्वका कुनै पनि देशको अर्थतन्त्र अहिले समस्यामुक्त छैन ।
नेपालमा समाजवादी पार्टीहरूले मुलुकलाई समाजवादमा अगाडि बढाउने लक्ष्य लिए पनि रणनीतिक योजनासहित अगाडि बढ्ने कार्यदिशा अगाडि सार्न सकेका छैनन् । त्यसरी समाजवादलाई पार्टी विधान र दस्ताबेजमा मात्र सीमित राखेर समाजवाद अगाडि बढाउन सकिँदैन ।
काठमाडौँ, चैत २९ गते । नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ खोजीको सूचीमा रहेको जनाएको छ । प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकामा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले प्रसाईँ पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन सबैमा अनुरोध गर्नुभएको छ ।
खोटाङ, चैत २९ गते । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते हुनुभएको हो । छितापोखरीकी कृष्णमायाको घरमाथि र देविकाको केही मुनि पर्छ । कृष्णमाया घरभित्र भान्छाको काम गरिरहेको बेला चट्याङ परेको जनाइएको छ । चट्याङको असरका कारण कृष्णमाया बेहोस बन्नुभएको आफन्तले बताएका छन् । स्थानीयका अनुसार चट्याङ परेको बेला कृष्णमायाको घरभित्र आगोको ज्वाला पसेजस्तो देखिएको थियो । चट्याङ परेको केही समयपछि घरभित्र गएर हेर्दा कृष्णमायालाई बेहोस अवस्थामा भेटिएको बताइएको छ । देविकाको भने अत्तालिएर ठोक्किन पुग्दा टाउकोमा गहिरो चोट लागेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो । चट्याङका कारण घाइते बनेका दुवै महिलोको वडा नं २ डाँडागाउँस्थित आधारभूत अस्पताल ओख्रेमा उपचार भइरहेको छ । देविकाको टाउकोमा पाँच टाँका लगाइएको छ । उनीहरू दुवै जनालाई गाउँपालिका प्रमुख लोकेन्द्र राईले गाडीमा राखेर आधारभूत अस्पताल पुर्याउनुभएको प्रवक्ता बस्नेतले बताउनुभयो । यसैबीच, खोटाङमा करिब सात महिनापछि वर्षा हुँदा किसानलाई राहत मिलेको छ । गत असोजपछि वर्षा नभएको जिल्लामा पहिलोपटक बिहीबार वर्षा भएको हो । लामो समयपछि वर्षा भएसँगै हिउँदे बाली लगाएका किसान खुसी भएका छन् । करिब छ घण्टा लामो वर्षा भएपछि किसान वर्षेबालीका लागि खेतबारी खनजोत गर्ने तथा बाली लगाउने तयारीमा जुटेका छन् ।
अमेरिकामा ट्रम्प प्रशासन आएपछि लिएका कर नीतिले विश्व बजारलाई नै तरङ्गित बनाएको छ ।
काठमाडौँ, चैत २९ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ २९ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रूपैयाँ ८९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ६७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ २८ पैसा र बिक्रीदर १६५ रूपैयाँ कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८५ रूपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३९ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५५ पैसा र बिक्रीदर १०४ रूपैयाँ निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८८ पैसा र बिक्रीदर १८ रूपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रूपैयाँ १३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०६ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ११ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४ रूपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ५३ पैसा र बिक्रीदर २० रूपैयाँ ६२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १७ रूपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ३० पैसा र बिक्रीदर ४५२ रूपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूयैयाँ ५२ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ०८ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौँ, २९ चैत स् अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्ससम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।आयोगले बैंकिङ प्रक्रियाविपरीत कर्जा प्रवाह गरी रु तीन करोड ८७ लाख ९४ हजार ७२४ बराबरको रकम हिनामिना गरेको अभियोगमा नागरिक लगानी कोषका प्रतिनिधि सञ्चालक छविरमण अधिकारी, साविक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका अध्यक्ष वसन्त मल्लविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दाका सम्बन्धमा विशेषले २०८० फागुन १० गते फैसला गरेको थियो । उक्त फैसला कानुनसम्मत नभएको दाबीसहित आयागले बिहीबार सर्वोच्चमा पुनरावेदन गरेको हो । आयोगले सोही फाइनान्स कम्पनीका लागि नागरिक लगानी कोषका सञ्चालक छविरमण अधिकारी, अध्यक्ष वसन्त मल्लका हकमा विशेषले गरेको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ । आयोगले प्रतिवादीहरू मधुवनलाल श्रेष्ठ, मधुरलाल सिन्या, रीता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यको मुद्दामा पनि विशेषले गरेको फैसलाविरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । बैंकिङ प्रक्रियाविपरीत गएर उनीहरूले रु ११ लाख ५४ हजार ७०८ बराबर कर्जा प्रवाह गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको थियो । सो मुद्दामा २०८० फागुन १० गते विशेषले फैसला गरेको थियो । आयोगले सो ऋण प्रवाहका सम्बन्धमा विभिन्न १२ वटा मुद्दा दायर गरेको थियो । सबै मुद्दामा विशेषले गरेको फैसला कानुनसम्मत नभएको पाइएको भन्दै आयोगले बिहीबार सामूहिक रूपमा नै पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।