बुटवलका साहित्यानुरागीले देशलाई शून्यताको अवस्थाबाट माथि उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । देशले आन्दोलन माग गरेका बेला उथलपुथल हुने भन्दै उनीहरूले देशलाई शून्यबाट माथि उठाउँदै पुनर्निर्माणमा अघि बढाउनुपर्ने बताएका छन् ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले जेनजी आन्दोलनका नाममा गरिएको लुटपाटको सामान फिर्ता गर्न आग्रह गरेको छ ।
पोखराको पुरानो चलचित्र घर ‘विन्ध्यवासिनी हल’ विगत छ वर्षदेखि बन्द रहेको छ । पछिल्लो क्रममा चलचित्रले घाटाको व्यापार गर्न थालेपछि हल बन्द गरेको हल सञ्चालक बताउँछन् । हल सञ्चालक उत्तम द्धावका अनुसार चलचित्रमा दर्शकको सङ्ख्या घट्नु र नयाँ नआउँदा हल बन्द गर्नु परेको हो ।
सरकारले चाडपर्वलक्षित सोमबारदेखि देशका १५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवापष्युक्त हावाकोसमेत प्रभाव रहेको । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को सुखद् अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
जेनजी आन्दोलनका क्रममा ठुलो क्षति बेहोरेको निजी क्षेत्रको पुनर्जागृत हुने इच्छाशक्तिलाई सरकारले पनि साथ दिने बताएको छ । आइतबार आफ्नो कार्यभार समालेपछिको पहिलो सार्वजनिक सम्बोधनमा प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रलाई सरकारले साथ दिने बताउनुभएको हो ।
सरकारले अनिवार्य दायित्वका भुक्तानी सुरु गरेको छ । गत बिहीबारदेखि भुक्तानी प्रणाली बन्द भएकोमा आइतबारदेखि अनिवार्य किसिमका भुक्तानी दिन सुरु गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
नयाँ सडक, असन, भोटाहिटी, इन्द्रचोकमा दसैँको किनमेल गर्नेको भिड लाग्न थालेको छ । जेनजी आन्दोलनले बन्द रहेका पसल शनिबारदेखि नै खुल्न थालेका छन् । जेनजी पुस्ताले गरेको आन्दोलनका कारण दसैँ नजिकिँदै गर्दा उद्योगी तथा होलसेल व्यवसायी प्रत्यक्ष मारमा परेका थिए ।
बाढीपहिरोले चीनतर्फका नाका बन्द हुँदा लामो समयदेखि नाकामै रोकिएका सामान मुस्ताङको कोरला नाकामा भित्रिन थालेका छन् । रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि नेपाल ल्याउनका लागि कोरला नाकाबाट सामान भित्रिन थालेका हुन् ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९५ पैसा र बिक्रीदर १४१ रुपियाँ ५५ पैसा कायम भएको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले आइतबार पार्टी छोड्नुभएको छ । चौधरीले पार्टीलाई विधिविधानमा चलाउन नसकेपछि परित्याग गरेको जानकारी दिनुभयो ।
सार्वजनिक यातायातमा सुरक्षित र सहज यात्रा बनाउन तथा तत्काल गुनासो सम्बोधन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन हुने भएको छ ।
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सम्पूर्ण कार्य बन्द भएको छ । यातायात व्यवस्था विभाग जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि लाइसेन्सका सबै काम बन्द भएको हो ।
थारु समुदायका महिलाहरूले मनाउने मुख्य पर्वका रूपमा रहेको जितिया पर्व शनिवारदेखि सुरु भएको छ । तर, यस वर्ष अरु वर्षकोजस्तो रौनक छैन ।