खोटाङ, चैत २९ गते । चट्याङ लागेर दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका दुई महिला गम्भीर घाइते भएका छन् । बिहीबार वर्षासँगै परेको चट्याङका कारण छितापोखरीका कृष्णमाया खड्का र देविका भुजेल गम्भीर घाइते हुनुभएको हो । छितापोखरीकी कृष्णमायाको घरमाथि र देविकाको केही मुनि पर्छ । कृष्णमाया घरभित्र भान्छाको काम गरिरहेको बेला चट्याङ परेको जनाइएको छ । चट्याङको असरका कारण कृष्णमाया बेहोस बन्नुभएको आफन्तले बताएका छन् । स्थानीयका अनुसार चट्याङ परेको बेला कृष्णमायाको घरभित्र आगोको ज्वाला पसेजस्तो देखिएको थियो । चट्याङ परेको केही समयपछि घरभित्र गएर हेर्दा कृष्णमायालाई बेहोस अवस्थामा भेटिएको बताइएको छ । देविकाको भने अत्तालिएर ठोक्किन पुग्दा टाउकोमा गहिरो चोट लागेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो । चट्याङका कारण घाइते बनेका दुवै महिलोको वडा नं २ डाँडागाउँस्थित आधारभूत अस्पताल ओख्रेमा उपचार भइरहेको छ । देविकाको टाउकोमा पाँच टाँका लगाइएको छ । उनीहरू दुवै जनालाई गाउँपालिका प्रमुख लोकेन्द्र राईले गाडीमा राखेर आधारभूत अस्पताल पुर्याउनुभएको प्रवक्ता बस्नेतले बताउनुभयो । यसैबीच, खोटाङमा करिब सात महिनापछि वर्षा हुँदा किसानलाई राहत मिलेको छ । गत असोजपछि वर्षा नभएको जिल्लामा पहिलोपटक बिहीबार वर्षा भएको हो । लामो समयपछि वर्षा भएसँगै हिउँदे बाली लगाएका किसान खुसी भएका छन् । करिब छ घण्टा लामो वर्षा भएपछि किसान वर्षेबालीका लागि खेतबारी खनजोत गर्ने तथा बाली लगाउने तयारीमा जुटेका छन् ।
अमेरिकामा ट्रम्प प्रशासन आएपछि लिएका कर नीतिले विश्व बजारलाई नै तरङ्गित बनाएको छ ।
काठमाडौँ, चैत २९ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ २९ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७८ रूपैयाँ ८९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ६७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ २८ पैसा र बिक्रीदर १६५ रूपैयाँ कायम भएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८५ रूपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३९ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५५ पैसा र बिक्रीदर १०४ रूपैयाँ निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८८ पैसा र बिक्रीदर १८ रूपैयाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रूपैयाँ १३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०६ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ११ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५१ पैसा र बिक्रीदर नौ रूपैयाँ ५५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ९६ पैसा र बिक्रीदर १४ रूपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ५३ पैसा र बिक्रीदर २० रूपैयाँ ६२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १७ रूपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ३० पैसा र बिक्रीदर ४५२ रूपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ १६ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ७६ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूयैयाँ ५२ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ०८ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौँ, २९ चैत स् अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्ससम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।आयोगले बैंकिङ प्रक्रियाविपरीत कर्जा प्रवाह गरी रु तीन करोड ८७ लाख ९४ हजार ७२४ बराबरको रकम हिनामिना गरेको अभियोगमा नागरिक लगानी कोषका प्रतिनिधि सञ्चालक छविरमण अधिकारी, साविक रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका अध्यक्ष वसन्त मल्लविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो मुद्दाका सम्बन्धमा विशेषले २०८० फागुन १० गते फैसला गरेको थियो । उक्त फैसला कानुनसम्मत नभएको दाबीसहित आयागले बिहीबार सर्वोच्चमा पुनरावेदन गरेको हो । आयोगले सोही फाइनान्स कम्पनीका लागि नागरिक लगानी कोषका सञ्चालक छविरमण अधिकारी, अध्यक्ष वसन्त मल्लका हकमा विशेषले गरेको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ । आयोगले प्रतिवादीहरू मधुवनलाल श्रेष्ठ, मधुरलाल सिन्या, रीता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्यको मुद्दामा पनि विशेषले गरेको फैसलाविरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । बैंकिङ प्रक्रियाविपरीत गएर उनीहरूले रु ११ लाख ५४ हजार ७०८ बराबर कर्जा प्रवाह गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको थियो । सो मुद्दामा २०८० फागुन १० गते विशेषले फैसला गरेको थियो । आयोगले सो ऋण प्रवाहका सम्बन्धमा विभिन्न १२ वटा मुद्दा दायर गरेको थियो । सबै मुद्दामा विशेषले गरेको फैसला कानुनसम्मत नभएको पाइएको भन्दै आयोगले बिहीबार सामूहिक रूपमा नै पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
चट्याङ र ज्वालामुखीका कारण हजारौँ वर्षदेखि विश्वभरका वनजङ्गलमा हुँदै आएका प्राकृतिक आगोले पारिस्थितिकीय प्रणालीको महत्वपूर्ण चालकका रूपमा भूमिका खेलेको छ ।
टोपलाल अर्यालगुल्मी, चैत २९ गते । गुल्मीमा बिहीबार पानीसँगै चलेको हावाहुरीले ३० बढी घरको छाना उडाएको छ । बुधवार र बिहीबार वर्षा र चट्याङ्गसहित चलेको हावाले ३० घरसङ्गै विद्यालय र सहकारीलाई क्षति पुराएको छ । ३६ लाख ४५ हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता गङ्गा बहादुर सारूका अनुसार धुर्कोट गाउँपालिका–३ हाडहाडे बर्दबास बस्ने कृष्ण विष्ट र देवकला महतको घरको छाना उडाएको छ । त्यस्तै धुर्कोट गाउँपालिका–४ का पूर्ण प्रसाद पाध्याको घर, अरुण गैरेको होटल, धुर्कोट गाउँपालिका–५ का इश्वर सुनार, गिर बहादुर पुन मगर, गोरे बहादुर सार्की, तुल्सा भण्डारी, तेज बहादुर घर्ति, फर्सुराम पचभैया मगरको घरको छाना हावाले उडाएर क्षति गरको सारुले जानकारी दिनुभयो । त्यस्तै मालिका गाउँपालिका–४ अर्खाबाङ्गका सुरेश अर्याल, शिवलाल अर्याल, जमुना लम्साल, हिरालाल अर्याल, अरुण बुढा मगर, खिम बहादुर घर्ति, थमने कामी र सिता अर्याल घरको छाना हावाले उडाएको छ । मालिका गाउँपालिका–२ का अगुना रविन्द्र विश्वकर्माका अनुसार रिमा घर्ति, कविराम विक र फुलमाया विकको घरको छाना उडाएको छ । त्यस्तै अर्खाबाङ्ग माविको कम्प्युटर ल्याब, पुस्तकाले र शौचालयको छाना हावाले उडाएको छ । जसको कारण ठूलो क्षति भएको छ । सोही वडाकै अर्खाबाङ्ग कृषि तथा महिला सहकारीको भवन पनि हावाले उडाएर क्षति गरेको अर्यालले बताउनुभयो । कालिगण्डकी गाउँपालिका–३ का रुक बहादुर श्रीस, सन्तकली राना र लालबिर रानाको घरको छाना उडाएको प्रहरीले जनाएको छ । हावाले मध्यरातमा घरका छाना उडाएपछि पीडित परिवार बिचल्लीमा परेका छन् । रातको समयमा हावाहुरि र चट्यांङ्गले ज्यान जोगाउन समेत मुस्किल परेको पीडित मालिका गाउँपालिका–४ का सुरेश अर्यालले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले पालिकाहरु मार्फत पीडित व्यक्तिहरुको आधिकारीक विवरण र क्षतिको अवस्था माग गरेकाले प्राप्त भएपछि राहतको लागि तीनै तहकार सरकारलाई आग्रह गर्ने बताउनुभयो । उहाँले आफूहरूसँग छुट्टै स्रोत नभएकाले पालिकाहरुलाईनै आग्रह गर्ने अवस्था रहेको बताउनुभयो ।
आधारभूत रूपमा भन्नु पर्दा शिक्षाले मानिसको व्यक्तित्व निर्माण र विकासमा ठुलो मद्दत गर्दछ ।
एकिन्द्र तिमिल्सेनाटीकापुर, चैत २९ गते । सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पस र कृषि विज्ञान सङ्काय स्कुल अफ एग्रिकल्चरको संयुक्त स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घको प्यानल नै विजयी भएको छ ।चैत २७ गते भएको निर्वाचनको २८ गते साँझ सार्वजनिक मत परिणाम अनुसार नेवि सङ्घका अध्यक्षका उम्मेदवार किरण साउँद ६५२ मत पाइ विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी अनेरास्ववियुका गोविन्दप्रसाद भण्डारीले ५४७ मत पाउनु भएको छ । स्वतन्त्र उम्मेदवार देवा शिषजंग थापाले ४२ मत पाउनु भएको छ । निर्वाचनमा कूल एक हजार २५४ मत खसेको थियो ।यसै गरी सचिवमा नेवि सङ्घकै उम्मेदवार छविलाल चौधरी ६१९ मत, कोषाध्यक्षमा डिम्पल चौधरी ६६६ मत पाइ विजयी हुनु भएको निर्वाचन अधिकृत आत्माराम अधिकारीले जानकारी दिनुभएको छ । सदस्यमा नेवि संघकै समीक्षा शाही, कुशल जैसी, शिशिर तिरुवा, आस्मा चौधरी, इशान लम्साल, मनोज धामी, अनुषा कुमारी चौधरी, शिशिर रावल विजयी हुनु भएको छ ।समानुपातिक तर्फ नेवि सङ्घले ६८२ मत, अनेरास्ववियुले ३१३ मत, नागरिक विद्यार्थी समाजले १२७ मत र अखिल क्रान्तिकारीले ११४ मत पाएको छ । निर्वाचनमा नेवि सङ्घ एक्लै र अनेरास्ववियु, अखिल क्रान्तिकारी, नागरिक विद्यार्थी समाज, अखिल समाजवादी संयुक्त प्यानल बनाएर निर्वाचनमा भाग लिएका थिए । यस अघिको निर्वाचनमा पनि नेवि सङ्घ नै विजयी भएको थियो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताउनुभएको छ ।
वसन्त पराजुलीनारायणगढ, चैत २९ गते । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष चितवनका राजनीतिक अगुवाहरूले आवश्यक २३ वटा योजना बुझाएका छन् । तत्काल गर्नुपर्ने १५ र दीर्घकालीनमा गर्नुपर्ने आठ गरी २३ वटा योजना प्रधानमन्त्री ओलीलाई सत्ता साझेदार काँग्रेस र एमालेबाट गएका प्रतिनिधि मण्डलले बिहीबार साँझ भेटी चितवनको विकास योजना प्रस्तुत गर्दै आर्थिक विर्ष २०८२-०८३ को योजनामा पार्न माग समेत गरेका छन् । यो भेटमा प्रधानमन्त्री ओलीले चितवनको विकास निर्माणमा विशेष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । “हामीले प्रधान मन्त्रीलाई चितवनको विकासकालागि दीर्घकालीन र अल्पकालीन योजना प्रस्तुत गरेका छौँ उहाँले सरकारको योजनामा पारेर चितवनको विकास गराउने विश्वास दिलाउनु भएको छ”, प्रतिनिधि मण्डलका प्रतिनिधि मध्येका एक नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले भन्नुभयो ।प्रतिनिधि मण्डलमा सहभागी नेकपा एमालेका अध्यक्ष कमल पाठक प्रधानमन्त्री ओली चितवनका विकासमा चिन्तित रहनु भएको बताउनु भयो । “अहिले पनि सङ्घीय सरकारको बजेटमा चितवनमा चार लेन सडक सहित ठुला ठुला योजना कार्यान्वयन छन् । अव पनि दीर्घकालीन असर पार्ने ठुला योजना अघि सार्ने कुरामा प्रधानमन्त्री चिन्तित हुनुहुन्छ”, उहाँले भन्नुभयो । प्रतिनिधि मण्डलमा चितवनबाट निर्वाचित दुवै दलका जिल्लाका प्रमुख नेताहरूको सहभागिता थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीयता कार्यान्वयनमा देखापरेका समस्या पहिचान गरी अगाडि बढ्नु आजको मुख्य कार्यभार रहेको बताउनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयनका लागि तिनै तहको सरकारले सुशासन प्रवर्धनमा विशेष ध्यान दिनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो ।
नेपालको कुल गार्हस्थ उत्पादनमा झन्डै एक तिहाइ योगदान पुर्याउँदै आएको कृषि क्षेत्र हाल ओरालो लागेर एक चौथाइमा सीमित भएको छ । केही वर्षयता यहाँका कृषि उत्पादन घट्दो क्रममा रहेकाले विभिन्न किसिमका कृषि उपज आवश्यकता अनुसार अन्य देशबाट निरन्तर रूपले आयात गर्न थालिएको छ । ज
कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा वाल पेन्टिङको क्रेज बढ्दै गएको छ । होटेल, रेस्टुरेन्ट, कफी सप, विद्यालय तथा घरमा पर्यटकीय क्षेत्र, महान् व्यक्तित्व, कलासंस्कृतिको वाल पेन्टिङ गराउने क्रम बढ्दै गएको छ । पेन्टर पनि वाल पेन्टिङको क्रेज बढेकामा खुसी छन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप दुई खर्ब ७७ अर्ब २३ करोड अर्थात् ४.३ प्रतिशतले बढेको छ ।
नेपाल र भारतबिचको वैदेशिक व्यापारलाई थप सहज एवं सरल बनाउनु र अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा केन्द्रित रहेर दुई देशका भन्सार अधिकारीबिच काठमाडौँमा वार्ता सुरु भएको छ ।