काठमाडौँ, भदौ २९ गते । आगामी नोभेम्बर १५ देखि २२ तारिखसम्म काठमाडौँको टुँडिखेलमा हुने काभा महिला नेसन्स लिग भलिबल स्थगित भएको छ ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)को बोर्ड अफ एड्मिनिस्ट्रेसनको बैठकले जेन–जी आन्दोलनका कारण नेपालको पछिल्लो अवस्थाका कारण प्रतियोगिता स्थगित गरेको नेपाल भलिबल सङ्घले जनाएको छ ।
नेपाल भलिबल सङ्घले दर्शकको चापका लागि मध्यनजर गरी खुला मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो । टुँडिखेलमा आठ हजार दर्शक क्षमतको अस्थायी प्यारापिट निर्माण गरी प्रतियोगिता सञ्चालन गरिने तयारी थियो ।
नेपालको अवस्था सहज भएपछि प्रतियोगिता आयोजना गरिने पनि सङ्घले जनाएको छ ।