काठमाडौँ, भदौ २९ गते । श्रीलङ्काले एसिसी एसिया कप क्रिकेटमा सुखद सुरुवात गरेको छ । दुवईको अबुधाबीस्थित जायद क्रिकेट मैदानमा शनिबार राति भएको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई ६ विकेटले हरायो ।
जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको श्रीलङ्का १४.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । श्रीलङ्काका लागि पाथुम निसन्कले सर्वाधिक ५० रन बनाउनुभयो ।
कामिल मिश्राले अविजित ४६ र कप्तान चरिथ अस्लङ्काले अविजित १० रन बनाउनुभयो । बलिङमा बङ्गलादेशका मेहदी हसनले दुई तथा तान्जिम हसन सकिब र मुस्ताफिजुर रहमानले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले. ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो । बङ्गलादेशका लागि शमिम हुसेनले अविजित ४२, जाकिर अलीले अविजित ४१ र कप्तान लिटोन दासले २८ रन बनाउनुभयो ।
बलिङमा श्रीलङ्काका लागि वानिन्दु हसरङ्गाले दुई तथा नुवान तुषार र दुस्मन्था चमिराले एक एक विकेट लिनुभयो । पहिलो जितसँगै समूह ‘बी’ मा रहेको श्रीलङ्काले दुई अङ्क बनाएको छ ।
दुई खेलमा पहिलो हार खेपेको बङ्गलादेशको पनि दुई अङ्क छ । पहिलो खेलमा बङ्गलादेशले हङकङलाई सात विकेटले हराएको थियो । एजेन्सी