जिल्ला प्रहरी कार्यालय बागलुङले नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
म्याग्दीको धवलागिरि गाउँपालिकाको ताकम-मच्छिम-मुना सडकअन्तर्गत उत्तिसिनेमा आज दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीको वातावरणलाई थप अनुकुल बनाउन सरकारले नीतिगत सुधारलाई निरन्तरता दिएको बताउनुभएको छ ।
सूर्य नेपाल गल्फ टुरअन्तर्गत एनपिजिए म्याच–प्लेको उपाधि निरज तामाङले जित्नुभएको छ ।
चाइना साउदर्न एयरलाइन्सले यही अप्रिल १० देखि नेपाल–चीन उडान सेवा विस्तार गर्ने भएको छ । एयरलाइन्सले यही अप्रिलदेखि अक्टोबरसम्म काठमाडौँ–ग्वाङ्झाउमा रात्रिकालीन उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ ।
चेपाङ जातिको उद्गम मानिएको मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको नयाँ भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीयता कार्यान्वयनका क्रममा तीनै तहको सरकारले सुशासन प्रवर्धनमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
नेपालका सबैभन्दा लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ अपडेट सार्वजनिक गरेको छ । प्रयोगकर्तालाई आकर्षक डिजाइन र उपयोगी फिचरहरू प्रदान गर्ने उद्देश्य उद्देश्यले सो अपडेट सार्वजनिक गरिएको हाम्रो पात्रोले जनाएको छ ।
ओलम्पिकमा क्रिकेट खेलले एक सय २८ वर्षपछि सहभागिताको मौका पाएको हो । यसअघि सन् १९०० को पेरिस ओलम्पिकमा क्रिकेट खेललाई पहिलो पटक सहभागिता गराइएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनको तयारीका लागि सबै समितिले कार्यतालिका बनाइ आ–आफ्नो कार्य सम्पादन गर्ने निर्णय गरिएको छ।
सल्यानमा २० वटा औषधी पसलहरुमा गरिएको अनुगमनको क्रममा करिव नौ लाख रुपियाँ बराबरको म्याद नाघेका औषधी जफत भएको छ । एक सरकारी र १९ वटा निजी अस्पतालका फार्मेसीबाट म्याद सकिएका औषधी बरामद गरिएको हो ।
चट्याङ लागेर अछामको रामारोशनमा १३ भेडा मरेका छन् । रामारोशन गाउँपालिका–६ भाटाकाटियाको किर्किटेमा परेका चट्याङले भेडा मरेका हुन् ।
रौतहटको ईशनाथ नगरपालिका ३ मा करेन्ट लागेर बिहीबार नाबालकको मृत्यु भएको छ ।
पोखरामा जारी दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको समूह ‘बी’ बाट गण्डकी हिरोज सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतिकुल मौसमका कारण खेल रोकिदाँ गण्डकी रनरेटमा अघि बढेको हो ।
बिहीबार बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ ।