स्मिता अर्जेल
मकवानपुरगढी, भदौ २९ गते । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँमाथि आक्रमण भएको छ । बिहान करिब १० बजे हेटौँडा–२, बुद्धचोकमा साथीसँग बसेका बेला एक्कासी आक्रमण भएको मकवानपुरका प्रहरीका एसपी विश्वराज खड्काले जानकारी दिनुभयो ।
“उपप्रमुख बानियाँलाई सामान्य चोटपटक लागेको छ,” एसपी खड्काले भन्नुभयो ।
आक्रमण गर्ने व्यक्ति हेटौँडा–२ का ५१ वर्षीय पुरुषोत्तम खड्का रहेको प्रहरीले जनाएको छ । उहाँलाई घटनापछि नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार उहाँले यसअघि पनि मकवानपुरका नेता विरोध खतिवडामाथि आक्रमण गरेका थिए ।