पोखरा महानगरपालिका ९, पृथ्वीचोकमा बिहीबार दिउँसो ट्रकको ठक्करले एक जनाको मृत्यु भएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । बिहीबार कुलपति समेत रहनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत गर्नुभएको हो ।
बाजुरामा चट्याङ लागेर नौ महिने नाबालिकाको मृत्यु भएको छ । बुधबार राति ९ बजेको समयमा बुढीगङ्गा नगरपालिका वडा नम्बर १ तल्लो कुडीमा चट्याङ लागेर बिरु सार्कीकी नौ महिने छोरीको मृत्यु भएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि सरकारले गरेको प्रयास सकारात्मक रहे पनि युवाहरूको चाहना पूरा गर्न पर्याप्त नरहेको बताउनुभएको छ ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अनुशासित ढङ्गले स्रोत व्यवस्थापन गरेर आगामी वर्ष २०८२/८३ को बजेट ल्याउने बताउनुभएको छ ।
युरोपेली सङ्घ (इयु) की प्रमुख उर्सुला भन डेर लेयनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नियोजित भन्सार शुल्क वृद्धि रोक्ने निर्णयलाई ‘विश्व अर्थतन्त्रलाई स्थिर बनाउने दिशामा महत्त्वपूर्ण कदम’ का रूपमा स्वागत गर्नुभएको छ ।
चैत ३१ गतेबाट धनकुटामा तेस्रो कोप्चे उत्सव हुने भएको छ ।
मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजारमा बस दुर्घटनामा परी घाइते भएका हेटौँडा उपहानगरपालिका १८ हर्नामाडीका विमल ढुंगाना मृत अवस्थामा भेटिनुभएको छ ।
बाजुरामा असिनापानीले गहुँबाली नष्ट पारेपछि यहाँका किसान निकै चिन्तित भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना नेपालको मात्र नभइ अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान, शान्ति र मानवताको प्रतीक भएको बताउनुभएको छ ।
जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका–१० लिसेपानी बस्ने वर्ष ७२ को यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको हो ।
धौलागिरि प्रादेशिक अस्पताल बागलुङको परिसरमा रहेको पोषण पुनःस्थापना केन्द्रमा पाँच जना बालबालिकाको कुपोषणको उपचार चलिरहेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताउनुभएको छ ।
हावाहुरीसँगै आएको वर्षाले पाल्पाका विभिन्न स्थानमा क्षति पुर्याएकाे छ । चैत २२ गतेदेखि जिल्ला सदरमुकाम तानसेनमा सञ्चालित दोस्रो तानसेन महोत्सव स्थगित भएको छ।