भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका ८ जना कैदीबन्दी बागलुङमा पक्राउ परेका छन् ।
बाँके जिल्लाका दुई वटा बाल सुधारगृह र एउटा कारागारबाट भागेका ३४२ जना बालबन्दी र कैदीमध्ये हालसम्म ४७ जना पक्राउ परेका छन् । २९५ जना अझै पनि फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बाल सुधारगृहबाट भागेका १९५ जना बालबन्दीमध्ये ३४ जना पक्राउ परे
जेनजी आन्दोलनका क्रममा केन्द्रका थुप्रै संरचना ध्वस्त भएपछि आम नागरिकलाई जिल्ला तथा स्थानीय तहका सेवा प्रभावित हुने शङ्का छन् । गुल्मीमा जिल्ला अदालत बाहेकका कार्यालयहरुबाट सेवा सुचारु भएका छन् ।
दाङमा जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण सङ्कलन हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार जिल्लामा हालसम्म १२९ वटा सवारीसाधनमा तोडफोड र आगजनी भएको विवरण सङ्कलन भएको छ ।
जेनजी आन्दोलनका क्रममा नवलपरासी पश्चिम कारागारबाट भागेका ५१३ जनामध्ये ५६ जना कैदीबन्दी फर्किएका छन् ।
कञ्चनपुरमा गत मङ्गलबारदेखि लगाइएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि शनिबार कफ्र्यु हटाएसँगै आइतबारदेखि निषेधाज्ञा पनि हटाइएको जनाएको हो ।
जेनजीको माग बमोजिम नयाँ सरकार गठन भएसँगै रौतहटमा आम नागरिकको जनजीवन सामान्य बनेको छ । शनिबार बिहानदेखि सदरमुकाम गौर, मध्यभाग गरुडा, पूर्व पश्चिम राजमार्ग चन्द्रनिगाहपुर लगायत ग्रामीण भेगमा समेत जनजीवन सामान्य बन्दै गएको हो ।
बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु परेकाले इच्छुक बैंक तथा वित्तीय संस्थालाई सहभागिताका लागि आग्रह गरेको छ । केन्द्रीय बैंकले यही भदौ ३० गतेभित्र निवेदन दिन आग्रह गरेको छ ।
पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष मरिचका बिरुवा बिक्रीबाट रु दुई लाख ७५ हजार आम्दानी गर्नुभएको छ । अमृतकुञ्ज पर्माकल्चर अग्र्यानिक फार्ममा उत्पादित एक हजार एक सय बिरुवा बिक्री गरेर उहाँले उक्त आम्दानी गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको पाइएकोे छ । गिद्धको सङ्ख्या बढ्नुमा वातावरणीय सन्तुलन, स्वच्छता र खाद्य शृङ्खला कायम राख्नका लागि उत्साहजनक सङ्केतका रूपमा लिइएको छ ।
जिल्लामा सीमान्तकृत वर्गका लागि आयआर्जन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा चन्द्रकोट गाउँपालिका र सत्यवती गाउँपालिकामा दलित तथा सीमान्तकृत वर्गका नागरिकको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला क्षेत्रका आमाहरूले आज जितिया पर्वको व्रत सुरु गरेका छन् ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, नागरिक समाज र बालअधिकारकर्मीप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
भर्जिन गन्तव्य ढोरपाटन शिकार आरक्षको ‘बुकीपाटन क्षेत्र’मा पर्यटकको लर्काे लाग्ने क्रम चलिरहेको थियो । कुनै समय फरक विश्वजस्तो लाग्ने ढोरपाटन क्षेत्रमा पर्यटकको आगमन बढ्दा त्यहाँका होटल व्यवसायसँगै गोठस्टे समेत फस्टाउँदै थिए । ढोरपाटनमा वर्षभरि साढे १५ हजारबढी पर्यटक मुश्किलले पुग्थे ।