गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु. ५ ले बढेको छ ।
महभिर झरना पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । टेम्केमैयुङ गाउँपालिका–४ मा स्थित झरनाको संरक्षण तथा विकास गरिएसँगै पर्यटकको रोजाइमा परेको हो ।
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त हुनुभएकामा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ ।
नेपालगन्जलगायत बाँके जिल्लाका ग्रामीण क्षेत्रहरुमा केही दिन यता चोरको त्रासले स्थानीय बासिन्दा हैरान छन् ।
जडीबुटीलगायत स्थानीय स्रोत साधनको उपयोगबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आवमा रु पाँच करोड ७७ लाख आम्दानी गरेको छ । ‘एक्याप’मा रहेका ५७ संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत उक्त रकम सङ्कलन भएको हो ।
जिल्ला कारागार तनहुँबाट भागेका ३२७ कैदीबन्दीमध्ये १०९ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।
सिदिङवा गाउँपालिका–१ कालिखोला क्षेत्रका किसान अन्नबाली जोगाउन दिनरात खटिन बाध्य भएका छन् । पाक्ने बेलामा बँदेललगायत वन्यजन्तुले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि किसानको वर्षभरको मेहेनत सङ्कटमा परेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले कर्फ्यु र निषेधाज्ञा हटाएपछि जिल्लाका जनजीवन सामान्य बन्दै गएको छ । जिल्लामा बजारहरु खुल्न थालेका छन् भने सार्वजनिक यातायातहरु सञ्चालनमा आउन थालेका छन् ।
स्नायुको क्षयीकरणका कारण बुढ्यौलीमा देखापर्ने रोग हो अल्जाइमर्स । सन् १९०६ मा यो रोग पत्ता लगाउने जर्मनीका मनोचिकित्सक तथा प्याथोलोजिस्ट एलोइस अल्जाइमर्सकै नामबाट यस रोगको नामकरण गरियो ।
कलाले कलाकारलाई त चिनाउँछ नै समाज र समाजको वैभवतालाई पनि चिनाउन मद्दत गर्दछ । यसै कारण कलालाई इतिहास खोतल्ने सबैभन्दा प्रमुख विषयवस्तुका रूपमा लिइन्छ । माडी नेपालको प्राकृतिक, धार्मिक तथा सामरिक महत्व भएको महत्वपूर्ण स्थान मानिन्छ । यहाँको सोमेश्वर गढी, जङ्गे पिल्लर, वैकुण्ठ ताल जस्ता विषयले यसको पुष्टि गरेका छन् ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–५, लोवथाङ गल्फ कोर्समा शनिबार सम्पन्न भएको चौथो संस्करणको गल्फ प्रतियोगिता च्याम्पियन भक्तराज गुरूङ हुनुभएको छ ।
गत मङ्गलबार रुकुमपश्चिमस्थित कारागारबाट भागेका ८८ कैदीबन्दीमध्ये ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आन्दोलनको मौका छोपेर कारागार कार्यालयको ढोका फोडेर भागेकामध्ये ३७ जनाको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट फरार भएका ८ जना कैदीबन्दी बागलुङमा पक्राउ परेका छन् ।
बाँके जिल्लाका दुई वटा बाल सुधारगृह र एउटा कारागारबाट भागेका ३४२ जना बालबन्दी र कैदीमध्ये हालसम्म ४७ जना पक्राउ परेका छन् । २९५ जना अझै पनि फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्लाको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र डुडुवाको जयन्दु बाल सुधारगृहबाट भागेका १९५ जना बालबन्दीमध्ये ३४ जना पक्राउ परे
जेनजी आन्दोलनका क्रममा केन्द्रका थुप्रै संरचना ध्वस्त भएपछि आम नागरिकलाई जिल्ला तथा स्थानीय तहका सेवा प्रभावित हुने शङ्का छन् । गुल्मीमा जिल्ला अदालत बाहेकका कार्यालयहरुबाट सेवा सुचारु भएका छन् ।