जिल्लाको दुर्गम पालिकाको रुपमा चिनिने गौमुखी गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट भएको छ ।
नेपाल चिकित्सक सङ्घ (एनएमए) ले सार्वजनिक बिदाको समयमा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले बैंकिङ कसुर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन), २०८० लाई लैङ्गिक समानता बनाउनुपर्ने बताउनुभएको छ।
नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुङ्गानाले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।
महोत्तरी जिल्लामा केही समय यता सर्पदंशका बिरामी बढेका छन् ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारका मन्त्रीहरूलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गर्नुभएको छ ।
गोरखापत्र संस्थानको अर्थ विभागमा कार्यरत लेखा अधिकृत निर्मलाकुमारी बस्नेत उमेर हदका कारण सेवानिृत्त हुनुभएको छ । यही भदौ १० गते सेवा निवृत्त हुनुभएका बस्नेतको मङ्गलबार संस्थान व्यवस्थानले सम्मानका साथ बिदाइ गरेको छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनिर्मित बागलुङ बसपार्कको उद्घाटन गर्नुभएको छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङले उपभोक्तालाई वन ऐन तथा नियमावलीसम्बन्धी अनुशिक्षण दिन थालेको छ । वन ऐन तथा वन नियमावलीमा भएको व्यवस्थाबारे जानकारी गराउन जिल्ला महासङ्घले स्थानीय उपभोक्तालाई अनुशिक्षण दिन थालेको हो ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफूले हालै गरेको औपचारिक भारत भ्रमण सद्भावना भ्रमण रहेको बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।
तनहुँको एक पालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ‘शैक्षिक गुणस्तर सुधार वर्ष’ कार्यक्रम ल्याएको छ । कार्यक्रम अन्तर्गत शुक्लागण्डकी नगरपालिकामा शिक्षा योजना निर्माण कार्यदल गठन गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका–२ ओम भवननजिक भाडाको घरमा बस्दैआएका एक युवक मृत अवस्थामा फेला परेका छन् ।
गुल्मीको तम्घासमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाकै पुरानो पुस्तकालय तम्घासस्थित किरण पुस्तकालयद्वारा युवाकवि मोतीराम भट्टको १५९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कविता वाचन प्रतियोगितामा १२ जना बाल कविहरू सहभागी हुनुभएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनामा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताउनुभएको हो ।