बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले बालबालिका राष्ट्रका उज्ज्वल भविष्य भएको बताउनुभएको छ। आइतबार ६१ औँ राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देशमार्फत प्रदेश प्रमुख देवकोटाले यस्तो बताउनुभएको हो ।
काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ ।
गोरखाबाट ६ जना फरार कैदीबन्दी पक्राउ परेका छन् । भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कास्की र तनहुँ कारागारबाट भागेका कैदीबन्दीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बुटवलको भाटभटेनीबाट आइसक्रिम चोरेको प्रमाण सार्वजनिक भएपछि बुटवलको कालिका मानवज्ञान स्कुलले शिक्षक शिवशंकर शुक्लालाई कारबाही गरी निष्कासन गरेको छ ।
काठमाडौंमा भएको ‘जेन–जी’ आन्दोलनमा सहभागी हुँदा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका वीरगञ्जका युवाको शनिबार वीरगञ्जमा आफ्नै धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले शनिबार मुख्यमन्त्रीसहित सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाएको छ ।
जेनजी प्रदर्शनको क्रममा कपिलबस्तु सहित विभिन्न कारागारबाट भागेका १ सय ६० कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
बागमती प्रदेश सभाका प्रदेश सभामुख भुवनकुमार पाठकले सभामुख पदबाट राजीनामा दिनुभएको छ ।
काठमाडौँको गोँगबुस्थित नयाँबसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताउँदै अन्तरिम सरकारको प्रधानमन्त्री हुनुभएकाेमा श्रीमती सुशीला कार्कीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
देशको विषम परिस्थितिका कारण थारु समुदायको जितिया पर्व महोत्सवको रुपमा नमनाउने थारु महिलाले निर्णय गरेका छन् । थारु महिला सभाले ३० गते सोमबार पर्यटन बोर्डको सभाहलमा जितिया महोत्सव मनाउने तय गरेको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनमा घाइते भएर मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत युवालाई भेटेर उहाँहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ।
नेकपा (एमाले) ले प्रतिनिधिसभा विघटनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै सो कुरा बताउनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्नुभएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) तथा आदिवासी सम्बद्ध संघ संस्थाले संविधानको मूल मर्म, भावनाअनुसार सर्वपक्षीय सहमतिअनुसार समानुपातिक समावेशी सिद्धान्तको आधारमा अन्तरिम मन्त्रिमण्डल विस्तार गर्न आग्रह गरेको छ ।