• २८ भदौ २०८२, शनिबार

प्रधानमन्त्री कार्कीलाई भारतको शुभकामना

नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध छ : प्रधानमन्त्री मोदी

blog

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौँ, भदौ २८ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताउँदै अन्तरिम सरकारको प्रधानमन्त्री हुनुभएकाेमा श्रीमती सुशीला कार्कीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री कार्कीले कार्यभार सम्हाल्नुभएकामा शुभकामना व्यक्त गर्दै भारतका प्रधानमन्त्रीले नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध रहेको बताउनुभएको  हो । 

एक्समा भारतका प्रधानमन्त्रीले लेख्नुभएको छ, “नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गर्नुभएकामा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ ।” रासस