नयाँ सरकार गठन भएसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा पनि आम नागरिकको जनजीवन सामान्य बनेको छ । शनिबार बिहानबाट हेटौँडामा जनजीवन सामान्य बन्दै गएको हो ।
डेमोक्रेटिक गणराज्य कङ्गोको उत्तर-पश्चिमी क्षेत्रमा बिहीबार एक डुङ्गा पल्टिँदा कम्तीमा १०७ व्यक्तिको मृत्यु भएको र १४६ अन्य बेपत्ता भएको छ ।
जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा दाङमा सयौँ सवारी साधनमा आगजनी गरिएको छ। हालसम्म एक सयभन्दा बढी सवारीसाधन जलेको पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार बिहान एक थान कटुवा पेस्तोलसहित मण्डनदेउपुर नगरपालिका –७ घर भई हाल बनेपा नगरपालिका –९ मा कोठामा बस्ने सन्तोष श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।
चौरीगाई (याक) लाई हिमाली क्षेत्रका बासिन्दाको प्रमुख आर्थिक आधार मानिन्छ । विषेशगरी याक पालन तीन हजार मिटरभन्दा माथिको क्षेत्रमा गरिन्छ।
डोटी बालगृहबाट भागेर फरार रहेका १६ वर्षीय एक किशोरलाई अछाम प्रहरीले साँफेबगरमा नियन्त्रणमा लिएको छ ।
जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएपछि ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजना गरिएको ‘तिम्बुङ पोखरी ट्रेल रन’ प्रतियोगिता रोकिएको छ ।
युक्रेनको सुरक्षा सेवाले रूसको बाल्टिक सागरमा रहेको प्रमुख तेल टर्मिनल, प्रिमोर्स्क पोर्टमा आक्रमण गरेको जनाएको छ । यस आक्रमणको क्रममा, पोर्टमा रहेका एक तेल वाहक जहाज र एक पम्पिङ स्टेशनमा आगो लागेको छ र तेल आपूर्ति अस्थायी रूपमा रोकिएको छ ।
जेनजीको प्रदर्शनको क्रममा ज्यान गुमाएका नेपालगन्जका एउटै वडाका दुई जना विद्यार्थीमध्ये आयुष थापाको अन्त्येष्टि शनिबार गरिने भएको छ ।
जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका १३ जना कैदीबन्दीलाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशिला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको विषय महत्त्वपूर्ण कदम भनी उल्लेख गरेको छ ।
झापामा प्रशासनले कर्फ्यु र निषेधाज्ञा हटाएको छ । शनिबार बिहान सूचना जारी गर्दै ११ बजेदेखि कर्फ्यु जारी गरेको जिल्ला प्रशासन कार्यालय झापाले केही घण्टापछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु हटाउने निर्णय गरेको उल्लेख गर्दै अर्को सूचना जारी गरेको हो ।
सप्तरीको राजविराज नगरपालिकामा पाँच दिनदेखि फोहोर सङ्कलन नहुँदा नगरक्षेत्र दुर्गन्धित बनेको छ ।
पश्चिम नेपालकै सबैभन्दा ठुलो भन्सार नाका नेपालगन्ज नाकाबाट शुक्रबारदेखि भन्सार कार्यालयले राजस्व सङ्कलन सुरु गरेको छ ।
तराई मधेशका हिन्दु महिलाहरूको महान पर्व जितियालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले शनिबार कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ ।