किनशासा, भदौ २८ गते । डेमोक्रेटिक गणराज्य कङ्गोको उत्तर-पश्चिमी क्षेत्रमा बिहीबार एक डुङ्गा पल्टिँदा कम्तीमा १०७ व्यक्तिको मृत्यु भएको र १४६ अन्य बेपत्ता भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार, यो दुर्घटना काङ्गो नदीमा म्बान्डाका, इक्वाटेउर प्रान्तको राजधानीबाट करिब १२२ किलोमिटर टाढा भएको थियो ।
स्रोतले जनाए अनुसार, २०९ जना यात्रुलाई उद्धार गरिएको छ, जस मध्ये केही घाइते भएका छन् । दुर्घटनामा डुङ्गामा रहेका सबै सामग्री आगोले जलेर नष्ट भएका छन् । दुर्घटनाको कारण भने अहिलेसम्म अज्ञात रहेको छ ।
विशेष गरी काङ्गो नदीमा डुङ्गा दुर्घटना प्रायः घट्ने गर्छन्, जहाँ अत्यधिक भार लोड भएका र बिग्रिएका जहाजहरूले प्रायः यस्ता दुर्घटना निम्त्याउँछन् । यसै साता, बुधबार राति, इक्वाटेउर प्रान्तको बासान्कुसु क्षेत्रको एक मोटराइज्ड डुङ्गा पल्टिँदा कम्तीमा १०० जनाको मृत्यु भएको थियो । रासस/सिन्ह्वा