• २८ भदौ २०८२, शनिबार

विभिन्न जिल्लाबाट फरार १३ कैदी नवलपुरमा पक्राउ

blog

बोमलाल गिरी
नवलपुर, भदौ २८ गते ।
जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका १३ जना कैदीबन्दीलाई नवलपुर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार चितवन, बाँके, नक्खु कारागारका साथै केन्द्रिय कारागार लगायतका क्षेत्रबाट फरार भएका १३ जना पुरुषलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका उनीहरू सबैलाई सम्बन्धित कारागारमा पठाइएको र अझै खोजी कार्य जारी राखेको नेपालले बताउनुभयो । चितवनबाट फरार भएका तीन जना, बाँके जिल्ला कारागारबाट फरार तीन जना, नक्खु जेलबाट फरार भएका एक जना, केन्द्रीय कारागारबाट फरार भएका एक जनालाई नियन्त्रण लिएर सम्बन्धित कारागारमा पठाइएको उहाँले बताउनुभयो ।