• २८ भदौ २०८२, शनिबार

झापामा हट्यो कर्फ्यु

blog

बिष्णुप्रसाद पोखरेल
दमक, भदौ २८ गते । 
झापामा प्रशासनले कर्फ्यु र निषेधाज्ञा हटाएको छ । शनिबार बिहान सूचना जारी गर्दै ११ बजेदेखि कर्फ्यु जारी गरेको जिल्ला प्रशासन कार्यालय झापाले केही घण्टापछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु हटाउने निर्णय गरेको उल्लेख गर्दै अर्को सूचना जारी गरेको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु  हटाइएको हो । जनजीवन सामान्य बन्दै गएको अवस्थामा कर्फ्यु कायम राखिरहनु पर्ने अवस्था नदेखिएको उहाँले जनाउनुभयो ।

शनिबार जिल्ला सुरक्षा समितिको बैठक बसेर कर्फ्युलाई निरन्तरता दिनुपर्ने अवस्था नरहेको निक्र्योल निकालेरपछि हटाइएको बताइएको छ । कर्फ्यु हटाईएपछि बजार तथा पसलहरू खुल्न थालेका छन् ।