शिवराज ढुङ्गाना
अछाम, भदौ २८ गते । डोटी बालगृहबाट भागेर फरार रहेका १६ वर्षीय एक किशोरलाई अछाम प्रहरीले साँफेबगरमा नियन्त्रणमा लिएको छ ।
डोटी बालगृहबाट सोमबार भागेका किशोरलाई साँफेबगर प्रहरी चौकीले सोही ठाउँको हाटबजारबाट नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
दार्चुला ठेगाना भएका १६ वर्षीय किशोर कर्तव्य ज्यान मुद्दामा डोटी बालगृहबाट भागेर साँफेबगर पुगेका थिए । साँफेबगरमा हिँडिरहेको बेलामा प्रहरीले शङ्का मानेर सोधपुछका क्रममा नियन्त्रण लिइएको बताइएको छ ।
नियन्त्रणमा लिइएका किशोरलाई बाल सुधार गृह डोटीमा बुझाइ सकिएको अछाम प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक टेकबहादुर देउवाको भनाइ छ ।