सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर आज कार्यालय सञ्चालन हुने दिन भए पनि सुनशान देखियो । शुक्रबार भएकाले अपराह्न ३ बजे कर्मचारीको छुट्ने समयमा तीनवटै प्रवेशद्वारमा सवारी चाप हुने गरेकामा आज त्यो देखिएन ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको काम केही समय केशरमहलबाट सम्पादन हुने भएको छ । ‘जेनजी’ समूहको आन्दोलनबाट मन्त्रालयको भौतिक संरचनामा ठुलो क्षति भएपछि केही समयका लागि केशरमहलबाट मन्त्रालयका सेवा सम्पादन हुने मन्त्रालयका सचिव चुडामणि पौडेलले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायात क्रमशः सञ्चालन हुन थालेका छन् । ‘जेनजी’ आन्दोलनका कारण निषेधाज्ञा र कफ्र्यु लगाइएपछि बन्द रहेका सार्वजनिक सवारी शुक्रबार स्वस्फूर्त रूपमा सञ्चालन भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ तर यात्रुको चहलपहल भने हुन सकेको छैन ।
नवयुवा (जेनजी) प्रदर्शन हिंसात्मक बनेसँगै अराजक तथा आपराधिक समूहले नेपाल प्रहरीबाट लुटेका २६८ थान हतियार नेपाली सेनाले देशका विभिन्न स्थानबाट कब्जामा लिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हतियारसहित पक्राउ परेकामा अधिकांश जेलबाट भागेका कैदी रहेका छन् ।
नेपालको न्याय प्रणालीमा नवीनतम रूपान्तरणको पक्षधर पूर्वप्रधान न्यायाधीश सुशीला कार्की आठ वर्षअघि सर्वोच्च अदालतको जिम्मेवारीमा रहँदा न्यायालयमा नवीन विधि स्थापित भयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।
नेपालका लागि संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक हाना सिङ्गर हम्डीले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाईका साथै शुभकामना सन्देश दिनुभएको छ ।
पूर्वी नेपालको औद्योगिक तथा राजनीतिक सहर तथा कोशी प्रदेशको राजधानी विराटनगरले मुलुकलाई पहिलो महिला प्रधानमन्त्री प्रदान गरेको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला विराटनगरकै बासिन्दा हुनुहुन्थ्यो ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईबाहेक अन्य नेता देखिनु भएन ।साथै, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी हुनु भएन ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्दै हुनुहुन्छ ।
जेनजी आन्दोलनका क्रममा मङ्गलबार राति कास्की कारागार खाली गरी निस्केका कैदी, बन्दी फर्किन सुरु गरेका छन्।
काठमाडौँको नयाँबसपार्कस्थित लोत्से मलमा आगजनी हुँदा ३५ करोडभन्दा बढीको क्षति भएको छ।
राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलका अनुसार शुक्रबार साँझ ९ बजे राष्ट्रपति कार्यालयमा शपथ कार्यक्रमको लागि तयारी भएको छ।
राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति तथा शपथग्रहण आजै हुने भएको छ ।