• २८ भदौ २०८२, शनिबार

संयुक्त राष्ट्रसङ्घको बधाई सन्देश

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ २८ गते ।  नेपालका लागि संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक हाना सिङ्गर हम्डीले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाईका साथै शुभकामना सन्देश दिनुभएको छ । 

संयुक्त राष्ट्रसङ्घद्वारा शुक्रबार जारी विज्ञप्तिमा नेपालका जनताको शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको आकाङ्क्षामा संयुक्त राष्ट्रसङ्घको साथ रहने उल्लेख गरिएको छ । सन्देशमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र युवा पुस्ताका नेताको योगदानलाई विशेष रूपमा स्मरण गरिएको उल्लेख छ । साथै आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रधानमन्त्री नियुक्तिमा नेपाली जनतालाई बधाई दिँदै राष्ट्रसङ्घले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिबद्धता जनाएको छ । साथै परिवर्तनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।