बेलायती राजकुमार ह्यारी शुक्रबार घाइते सैनिक सदस्यको समर्थनका लागि आकस्मिक रूपमा युक्रेन पुग्नुभएको छ । यो उहाँको चार वर्षभित्रको दोस्रो भ्रमण हो ।
पोखरा महानगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवले २०८२ भदौ २३ र २४ गते ‘जेन–जी’ आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडले मुलुकलाई कम्पित बनाएको भन्दै गहिरो दुःख व्यक्त गर्नुभएको छ।
देशैभर जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेसँगै त्यसको प्रत्यक्ष असर धनकुटामा पनि परेको छ । तर शुक्रबारदेखि भने यहाँको दैनिक जनजीवन क्रमशः सामान्य बन्दै गएसँगै चहलपहल समेत बढ्दै गएको छ ।
गोरखामा जेनजी आन्दोलनका प्रभावले चार दिनदेखि यातायात, उद्योग व्यापार र व्यवसाय ठप्प छन्।
जिल्ला प्रशासन कार्यालय दाङले कर्फ्यू हटाएपछि घोराहीसहित दाङको जनजीवन पुरानै लयम फर्किदैछ। जिल्लाको मुख्य बजार घोराहीहमा नागरिकहरुको चहल–पहल बढदैगएको छ । त्यस्तै, किराना पसल, होटेल, डेरी उद्योग, फेन्सी पसलहरु समेत खुल्न थालेको छ ।
संयुक्त राष्ट्रसङ्घीय महासभाले शुक्रबार ‘न्युयोर्क घोषणा’ नामक प्रस्तावमाथि मतदान गर्दै इजरायल-प्यालेस्टाइन द्वन्द्वमा दुई-राज्य समाधानलाई नयाँ जीवन दिने प्रयास गर्ने छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार जारी गरेको अनिश्चितकालीन कर्फ्यू आदेशलाई शुक्रबार पनि निरन्तरता दिएको छ।
पेट्रोलियम निर्यात गर्ने देशको संगठन (ओपेक)ले विश्वव्यापी तेल माग वृद्धिको पूर्वानुमान सन् २०२५ र २०२६ का लागि यथावत राख्ने निर्णय गरेको बिहीबार आफ्नो मासिक तेल बजार प्रतिवेदन मार्फत सार्वजनिक गरेको हो ।
जिल्ला कारागार तनहुँबाट भागेका ३२७ कैदीबन्दीमध्ये ४५ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएको छ ।
जेनजी आन्दोलनका क्रममा जिल्लाका स्थानीय पालिका र जनप्रतिनिधि तथा राजनीतिकर्मी तथा व्यावसायीको निजी तथा सार्वजनिक सम्पत्तिमा तोेडफोड र आगजनी भएको छ ।
सेप्टेम्बर ९ मा दोहामा हमास वार्ता प्रतिनिधिमण्डल आवासलाई लक्षित गर्दै इजरायलले गरेको आक्रमणपछि अरब र इस्लामिक राष्ट्रहरूले कतारसँग पूर्ण ऐक्यबद्धता जनाएका छन् ।
मधेसको संस्कृति, चाँडपर्व, रितिरिवाजको पनि छुट्टै महत्त्व र बिशेषता रहेको छ । तराई मधेसमा मनाइने चाडपर्व मध्ये जितिया एक हो ।
भदौ २३ गते जेनजी समूहको प्रदर्शनपछि भड्किएको हिंसामा निधन भएकाको शव परिवारलाई हस्तान्तरण गर्न सुरु गरिएको छ ।
झापामा एक युवाको हत्या भएको छ । अर्जुनधारा नगरपालिका –३ जुकेखाडीका कोशी भनेर चिनिने बिजय लिम्बूको घरनजिक हत्या भएको हो ।