चितवनको एक मात्र कालिका नगरपालिकाको सुरक्षा अस्थायी प्रहरी चौकीले गर्दै आएको छ । जिल्लाको संवेदनशील क्षेत्र भए पनि वर्षौँदेखि अस्थायी प्रहरी चौकीको भरमा सुरक्षा प्रदान भइराखेको हो ।
बाँकेको बैजनाथ गाउँपालिका ३ मा पर्ने ‘सुतैया ताल’ यस क्षेत्रका आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य र रोजाई बन्दै गएको छ।
इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बन्नुभएको छ– भोजपुर नगरपालिका–११ आम्तेकका धनबहादुर राई । उमेरले ७९ वर्ष पुग्नुभएका राई बाँसको सिन्का बनाएर भोजपुर बजारसम्म बिक्रीका लागि ल्याउने गर्नुहुन्छ ।
बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–३ की ६५ वर्षीया गङ्गादेवी पाण्डे तिजको समयमा गाइने पुराना गीत अझै पनि गुनगुनाउनुहुन्छ । पहिलेपहिले दिदीबहिनी माइतीघरको पिँढीमा जम्मा भएर गाउने गीत उहाँको मानसपटलमा अझै ताजै छ । तर हिजोआज यस्तो गीत गाउन साथी भेट्नै मुस्किल पर्ने उहाँले बताउनुभयो ।
गुल्मीमा छात्राहरूको फुटबल मोह बढ्दैगएको छ । तम्घासस्थित पुलचोक स्पोटर्स क्लबले विशेष गरी आफ्नो वार्षिकोत्सवको अवसरमा जिल्लास्थित माध्यमिक विद्यालयस्तरीय (कक्षा–१० सम्म) को छात्रा फुटबल प्रतियोगिताको आयोजना गर्दैआएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पृथ्वीराजमार्ग निर्माणको काम छिटो सक्न निर्देशन दिनुभएको छ ।
मिलेनियम च्यालेञ्ज कर्पोरेसनअन्तर्गतका परियोजना कार्यान्वयनसम्बन्धी सम्झौता (एमसिसी कम्प्याक्ट) लागू भएको एक वर्ष भएको छ । एमसिसी कम्प्याक्ट विसं २०८० भदौ १३ गतेदेखि पूर्णरुपमा लागू हुने अर्थात् ‘इन्ट्रि इन टु फोर्स’ (इआइएफ) चरणमा गएको थियो ।
भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा पर्ने महभिर झरना पर्यटकको मन लोभ्याउने स्थानका रूपमा विकसित भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर संरक्षण तथा विकासको काम गरिएसँगै यो स्थान पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित भएको हो ।
साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए) द्वारा आयोजित तेस्रो ग्लोबल एआई शिखर सम्मेलन साउदी अरेबियाको रियादमा आगामी सेप्टेम्बर १० देखि १२ सम्म आयोजना हुँदैछ ।
बलुचिस्तान सरकारले गम्भीर वर्षा पछिको बाढीका कारण दश जिल्लालाई विपद् प्रभावित क्षेत्र घोषणा गरेको एआरवाई न्युजले जनाएको छ ।
स्याङ्जामा डेंगुको सङ्क्रमण बढ्न थालेको छ । पछिल्ला केही दिनहरूमा डेंगुसँग मिल्दो लक्षण भएका बिरामीहरूको सङ्ख्या बढेको जिल्लाका अस्पतालहरूले जनाएका छन् ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदूषणको असर न्यूनीकरण र नियन्त्रणमा मन्त्रालय संवेदनशील रहेको बताउनुभएको छ ।
महिलाको महान् पर्व तिज आउनु अघि नै अधिकांश महिला सम्बद्ध सङ्घ संस्थाहरूले ठुला होटलमा दर खाने नाममा पार्टी गरेर लाखौँ रुपियाँ खर्च गरिरहेका छन् ।
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पारित भएसँगै सशस्त्र द्वन्द्वका क्रममा पीडितलाई न्याय दिने बाटो खुलेको बताउनुभएको छ ।
बबई गाउँपालिका सदस्य नारायण परियार राजनीतिसँगै सिलाइ कटाइ पेसा अँगाल्दै आउनुभएको छ । बबई गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय परियारले आम्दानीको स्रोतका रूपमा पुर्ख्यौली पेसालाई निरन्तरता दिनुभएको हो ।