राजनीतिक सहमति जुटेसँगै प्रधानमन्त्री पदमा सुशीला कार्कीको नियुक्ति तथा शपथग्रहण आजै हुने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का ३२ वटा केन्द्रीय विभागले पार्टीलाई जेन-जीको चाहना बमोजिम बनाइने प्रतिबद्धता गरेका छन्।
जेनजी आन्दोलनका क्रममा तनहुँमा ७८ सवारीसाधन र ३१ भौतिक संरचनामा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले सङ्कलन गरेको विवरणअनुसार निजी तथा सरकारी सवारीसाधन र भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ।
‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका नेपाल प्रहरीसहितका केहीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले स्रोत नखुलेको नगद र सुनको गहनासहित एक जनालाई पक्राउ गरेको छ।
सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर शुक्रबार कार्यालय सञ्चालन हुने दिन भए पनि सुनशान देखियो। शुक्रबार भएकाले अपराह्न ३ बजे कर्मचारीको छुट्ने समयमा तीनवटै प्रवेशद्वारमा सवारी चाप हुने गरेकामा आज त्यो देखिएन।
जेनजी आन्दोलनका कारण यो साता तीन दिन कारोबार स्थगित गरिएको पुँजीबजार आगामी साताभर बन्द रहने जनाइएको छ ।
धरान उपमहानगरपालिकामा भाटभटेनी सुपर मार्केटमा आगजनी हुँदा जलेर खरानी भएको अवस्थामा तीन जनाको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँले आम जनतालाई फरार कैदीबन्दीको पहिचान पाए तत्काल सूचना दिन अपिल गरेको छ । आज एक विज्ञप्ति प्रकाशित गरि अपिल गरेको हो ।
ताप्लेजुङमा पछिल्लो तीन दिनयता लगातार कर्फ्यू जारी गरिएको छ । जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति सिर्जना भएकाले सम्भावित हुलदङ्गा र अराजक गतिविधि हुन गई शान्ति सुरक्षामा खलल् आउनसक्ने भन्दै गएको बुधबारदेखि कर्फ्यू लगाइँदै आएको हो ।
सल्यानका पत्रकार नोखिराम थापामाथि भएको कुटपिट प्रकरणमा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शारदा नगरपालिका –६ का वडाध्यक्ष तथा नेपाली कांग्रेसका स्थानीय नेता भिकराज बुढाथोकी र प्रमोद भण्डारी रहेका छन् ।
कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ । बिहीबार सबै कैदीबन्दीको घरपरिवारमा सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् ।
अष्ट्रेलियामा ‘डिमेन्सिया’ रोगले ग्रसित हुने मानिसको संख्या आगामी वर्षमा उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
कोशी राजमार्गअन्तर्गत खाँदबारी –१३ सभाखोला र साटारेबिचमा शुक्रबार दिउँसो सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
चीन सरकारले रसुवागढी नाकास्थित ल्हेन्दे खोलामाथि बनाउन लागेको मितेरी पुल निर्माणका क्रममा आजदेखि नेपालतर्फ पनि काम सुर भएको छ ।