• २८ भदौ २०८२, शनिबार

भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए

blog

फाइल तस्बिर ।

चितवन, भदौ २७ गते । कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ । बिहीबार सबै कैदीबन्दीको घरपरिवारमा सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् ।

कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म १२६ कैदीबन्दी फर्किएका छन् । उहाँले भन्नुभयो, “बुधबार बिहान ७४० कैदीबन्दी कारागर फोरेर भागेका थिए ।” भागेका  कैदीबन्दीलाई समेत सम्पर्क गरेर तत्काल कारागार आउन भनिएको प्रमुख ढुङ्गानाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “कतिय सम्पर्कमा हुनुहुन्छ । कारागार आउने क्रम जारी छ ।” कारागारमा रहेका ४६ महिलामध्ये १५ आइसकेका छन् । करिब ५० जना भने सम्पर्कमा नआएको उहाँले जानकारी दिनुभयो । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी थिए । रासस