प्रधानमन्त्री केपी शर्मा ओलीले एसइई परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइन कक्षा सञ्चालन गर्न लागिएको बताउनुभएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको अनुदान सहयोगमा कैलालीमा बनेका कृषि हाट बजार तीन महिनाभित्रै सञ्चालनमा ल्याउन प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सम्बन्धितलाई निर्देशन दिएको छ।
विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रानीनगरका भोला सिंह क्षेत्रीको निर्माणाधीन घरको शाैचालयको सेफ्टी ट्याङकी भित्र काम गर्दै गर्दा बेहोस भएर तीन जनाको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
गृहमन्त्री रमेश लेखकले गृह प्रशासन, शान्ति सुरक्षासँग सम्बन्धित कानुनी व्यवस्था कायम गर्नका लागि सम्बन्धित अत्यावश्यक कानुन बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ।
गोरखापत्र संस्थानका महिला कर्मचारीले शुक्रबार ‘हरितालिका तीज (दरखाने) कार्यक्रम मनाएका छन् । कार्यक्रममा शुभकामना दिनुहुने वक्ताले तीजले पारिवारिक प्रेम, सद्भाव र आत्मीयता बढाउन सहयोग पुर्याएको विचार व्यक्त गर्नुभयो ।
२०८० सालको मदन पुरस्कार मोहन मैनालीद्वारा लिखित ‘मुकाम रणमैदान’ले पाएको छ। मदन पुरस्कार गुठीको साधारण सभा बैठकले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० प्रदान गर्ने निर्णय गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेल सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रबार पहिलो दिन भक्तपुर दरबार स्क्वायरको पुग्नुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको लागी प्रदेश सरकारले पहल लिने बताउनुभएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जोगाउने वीरहरू भनेका शेर्पा समुदाय भएको उद्घोष गर्नुभएको छ।
बाजुराको बडिमालिका नगरपालिका-७ जिल्लास्थित लक्ष्मी मा.वि पहिरोको उच्च जोखिममा छ । बर्खाको समय सो विद्यालयको तलमाथि तथा वरपरबाट पहिरो लाग्न थालेपछि विद्यालय पहिरोको उच्च जोखिममा रहेको हो ।
धनुषाको छिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । सिरहाको सिरहा नगरपालिका–३, मखनाहाका ४० वर्षीय राकेश बर्माको हत्या भएको प्रहरीले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताउनुभएको छ ।
बाढी प्रभावित २१९ परिवारलाई राहत वितरण गरिएको छ । कैलारी गाउँपालिकाका बाढी प्रभावित परिवारलाई राहतस्वरुप गैरखाद्य सामग्री दिइएको हो।
पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार बिहान गएको पहिरोमा परी १२ जनाको मृत्यु भएको छ ।
जापानमा बेरोजगारी दर एक महिना अघिको तुलनामा जुलाई महिनामा बढेको सरकारले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।