काठमाडौँ, भदौ २७ गते। पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्दै हुनुहुन्छ । उहाँ नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त हुनुभएको हो । नियुक्ती लगत्तै उहाँको राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण गर्न लाग्नुभएको हो । शपथ समारोह राष्ट्रपति कार्यालय शीतल निवासमा हुँदैछ । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय यादवलगायत संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारीको उपस्थिति छ । भिडियो नेपाल टेलिभिजन