- जेनजी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा
- जेनजी आन्दोलनका सहिदका परिवारलाई १० लाख राहत
- जेनजी आन्दोलनका घाइतेको निःशुल्क उपचार हुने
काठमाडौँ, भदौ २९ गते । सरकारले भदै २३ र २४ गते जेनजी आन्दोलनमा क्रममा मृत्यु भएकालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ ।
मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री सुशीला कार्कीले पदभार समाल्दै भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मृत्यु भएकालाई शहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
साथै प्रत्येक सहिदका परिवारलाई १० लाख रुपियाँ राहत उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गराउने निर्णय गरेको मुख्यसचिव अर्यालको भनाइ छ ।
मुख्यसचिव अर्यालका अनुसार प्रदर्शनका क्रममा प्रदर्शनकारी ५९, कैदीबन्दी १० र सुरक्षाकर्मी तीन जना गरी मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । १३४ जना प्रदर्शनकारी, प्रहरी ५७ गरी १९१ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन् ।