काठमाडौँ, भदौ ३० गते । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९५ पैसा र बिक्रीदर १४१ रुपियाँ ५५ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १६५ रुपियाँ ३९ पैसा र बिक्रीदर १६६ रुपियाँ ०९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपियाँ १० पैसा र बिक्रीदर १९१ रुपियाँ ९१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपियाँ ९३ पैसा र बिक्रीदर १७७ रुपियाँ ६८ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ७३ पैसा र बिक्रीदर ९४ रुपियाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ८३ पैसा र बिक्रीदर १०२ रुपियाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ८९ पैसा र बिक्रीदर ११० रुपियाँ ३६ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७८ पैसा र बिक्रीदर १९ रुपियाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५७ पैसा र बिक्रीदर ३७ रुपियाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ४४ पैसा र बिक्रीदर चार रुपियाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३७ पैसा र बिक्रीदर ३८ रुपियाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ५२ पैसा र बिक्रीदर ३३ रुपियाँ ६६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपियाँ १२ पैसा र बिक्रीदर १० रुपियाँ १६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ १३ पैसा र बिक्रीदर १५ रुपियाँ १९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ १६ पैसा र बिक्रीदर २२ रुपियाँ २५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपियाँ १२ पैसा र बिक्रीदर १८ रुपियाँ १९ पैसा, कुवेती दिनार एकको खरिददर ४६२ रुपियाँ २८ पैसा र बिक्रीदर ४६४ रुपियाँ २५ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपियाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपियाँ ०८ पैसा र बिक्रीदर ३६७ रुपियाँ ६४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ । रासस