• २९ भदौ २०८२, आइतबार

सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

blog

सबिता भण्डारी। फाइल तस्बिर

काठमाडौँ, भदौ २९ गते। सबिता भण्डारी महान्यायाधिवक्तामा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो। 

राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार संविधानको धारा १५७ को उपधारा (२) बमोजिम आइतबार राष्ट्रपतिले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो। भण्डारी वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।

यसअघि पूर्व महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनुभएको थियो।