• २९ भदौ २०८२, आइतबार

जेनजीको समर्थन गर्दा कलाकार गिरीलाई धम्की

blog

काठमाडौँ , भदौ २९ गते । कलाकार दीपकराज गिरीले जेनजी आन्दोलनलाई समर्थन गर्दा आफूलाई धम्की आउन थालेको बताउनुभएको छ । केही दिनअघिदेखि मानिसले धम्क्याउन थालेको उहाँको भनाइ छ ।  

आफूमाथि जेनजीलाई उकासेको आरोप लगाइएको उहाँले बताउनुभयो । गिरीले घुमाउरो ढङ्गले ठुला दलका कार्यकर्ताबाट धम्की आइरहेको सङ्केत पनि गर्नुभयो । “केहीले इनबक्समा त, केहीले कल नै गरेर, ‘जेनजीलाई उकास्ने ? कलाकार भएर जेनजीतिर लाग्ने ?” भनेर धम्की आउन थालेको उहाँको भनाइ छ ।