• २९ भदौ २०८२, आइतबार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, भदौ २९ गते । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९५ पैसा र बिक्रीदर १४१ रुपियाँ ५५  पैसा निर्धारण गरिएको छ । 

युरोपियन युरो एकको खरिददर १६५ रुपियाँ ३० पैसा र बिक्रीदर १६६, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपियाँ ०५ पैसा र बिक्रीदर १९१ रुपियाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपियाँ ९३ पैसा र बिक्रीदर १७७ रुपियाँ ६८ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ६८ पैसा र बिक्रीदर ९४ रुपियाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ८६ पैसा र बिक्रीदर १०२ रुपियाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपियाँ ८६ पैसा र बिक्रीदर ११० रुपियाँ ३२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ७९ पैसा र बिक्रीदर १९ रुपियाँ ८८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ५७ पैसा र बिक्रीदर ३७ रुपियाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ६७  पैसा र बिक्रीदर ३८ रुपियाँ ८३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४४ पैसा र बिक्रीदर चार रुपियाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ३८ पैसा र बिक्रीदर ३८ रुपियाँ ५४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपियाँ ५२ पैसा र बिक्रीदर ३३ रुपियाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १३ पैसा र बिक्रीदर १० रुपियाँ १८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ११ पैसा र बिक्रीदर १५ रुपियाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ १४ पैसा र बिक्रीदर २२ रुपियाँ २४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ११ पैसा र बिक्रीदर १८ रुपियाँ १९ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपियाँ ५४ पैसा र बिक्रीदर ४६३ रुपियाँ ५१ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपियाँ ८५ पैसा र बिक्रीदर ३७५ रुपियाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपियाँ ०८ पैसा र विक्रीदर ३६७ रुपियाँ ६४ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस