• २८ भदौ २०८२, शनिबार

भागेका १६ कैदी प्रहरी नियन्त्रणमा

blog

दिवाकर पोख्रेल 

देउखुरी,भदौ २८ गते । जेनजी युवाहरूको तोडफोड र आगजनीपछि विभिन्न कारागारबाट फरार भएका १६ जना कैदीलाई वडा प्रहरी कार्यालय लमही, दाङले पक्राउ गरेको छ।

प्रहरीका अनुसार बाल सुधारगृह नौ वस्ता, बाँकेबाट ८ जना, तुलसीपुर कारागारबाट ५ जना, केन्द्रीय कारागारबाट २ जना र रुकुम पश्चिम कारागारबाट १ जना गरी कुल १६ जना कैदीबन्दी पक्राउ परेका हुन्। पक्राउ परेकामध्ये ८ जनालाई तुलसीपुर कारागार पठाइएको छ । बाँकी ८ जनालाई बाल सुधारगृहमा पठाइएको प्रहरीले जनाएकको छ ।