• २८ भदौ २०८२, शनिबार

रूसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प

blog

क्यामचात्का, रूस, भदौ २८ गते । रूसको क्यामचात्का प्रायद्वीपको तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । यस भूकम्पको केन्द्र पेट्रोपावलोव्स्क-कामचात्स्की सहरको १११ किलोमिटर पूर्वमा थियो, जुन क्यामचात्का क्षेत्रको प्रशासनिक केन्द्र हो । 

भूकम्पको गहिराइ ३९.५ किलोमिटर थियो । शुरूवातमा यस भूकम्पको ७.५ म्याग्निच्युड बताइएको थियो, तर पछि ७.४ म्याग्निच्युड रहेको जनाइएको छ । प्रशान्त महासागर सुनामी चेतावनी केन्द्रले सुरुमै यस भूकम्पका कारण ’खतरनाक’ सुनामीका लहर उत्पन्न हुने चेतावनी दिएको थियो, जसको उचाइ १ मिटर (३.३ फीट) सम्म हुन सक्थ्यो। पछि भने, उक्त चेतावनी हटाइयो र ’सुनामीको खतरा अब टरेको’ भनेको छ । 

यस भूकम्पको कारण कुनै ठुलो सुनामी उत्पन्न भएको छैन र त्यसले तटीय क्षेत्रहरूमा खास असर गरेको पनि देखिएको छैन । जुलाई महिनामा क्यामचात्का प्रायद्वीपमा एक अत्यन्त शक्तिशाली भूकम्प ८.८ म्याग्निच्युडको आएको थियो । यस भूकम्पले प्रशान्त महासागरमा ४ मिटर (१३ फीट) उचाइका सुनामीका लहर उत्पन्न गरेको थियो । 

यो भूकम्प २०११ मा जापानको ९.१ म्याग्निच्युडको भूकम्पपछि आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । क्यामचात्का क्षेत्रको भूकम्पीय गतिविधि उच्च म्याग्निच्युडका भूकम्पका लागि प्रसिद्ध रहेको र भविष्यमा यस्ता घटना घट्न सक्ने सम्भावना पनि रहेको छ । रासस/एएफपी