• २६ भदौ २०८२, बिहिबार

जुम्ला कारागारबाट भागेका चार जना कैदीबन्दी फिर्ता

blog

जिल्ला कारागार जुम्ला ।

नेत्र शाही 

जुम्ला, भदौ २६ गते । जिल्ला कारागार जुम्लाबाट भागेका चार जना कैदीबन्दी फिर्ता भएका छन् । जिल्ला कारागारबाट भागेका ३६ जना कैदीबन्दीमध्ये चार जना फिर्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीका अनुसार भदौ २४ गते बेलुकी भागेका कैदीबन्दीमध्ये चार जना फिर्ता भएका जानकारी दिनुभयो । प्रहरीका अनुसार २५ गते २ जना र २६ गते २ जना फिर्ता भएका छन् ।

उहाँका अनुसार जेन्सी प्रर्दशनको क्रममा सोही राति हुलदङ्गा गरी भागेका मध्य ६ जनालाई तत्काल सुरक्षा निकाले नियन्त्रणमा लिएर कारागार भित्र पठाएको थियो । गेटबाट बाहिरिएका ४१ जाना मध्य ३६ जना भागेका थिए, तीमध्ये फिर्ता आउने क्रम जारी भएको छ ।

जेन्जी प्रर्दशनको क्रममा जुम्लामा २४ गते नेकपा एमाले, नेपाली कांग्रेस जुम्लाको पार्टी कार्यालय तोडफोड तथा आजगनी भएको छ । यसैगरी चन्दननाथ नगरपालिका समेत तोडफोड गरिएको छ । २५ गते जुम्लाको तिला गाउँपालिका समेत तोडफोड गरिएको छ । जुम्लामा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायले कर्फ्यू लागु समेत गरेको छ । 

निमित्त प्रमुख जिल्ला अधिकारी रेश्मा बुढाले जिल्लाको शान्ति सुरक्षाको लागि सुरक्षा निकायको बैठकले हिजो राति ५ बजे देखी विहान ६ बजेसम्म कर्फ्यू आदेश गरेको छ भने आज पनि सूचना जारी गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले उशृङ्खला क्रियाकलाप रोक्न सुरक्षा निकाय प्रतिबद्ध रहेको छ । शान्ति सुरक्षका लागिग भन्दै नेपाली सेना नेपाल प्रहरी सुरक्षाका लागि भन्दै सड्कमा गस्ती गरिरहेको छ ।