ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण गरिएको हेल्थ डेस्क (स्वास्थ्य सहायता कक्ष) भवनमा आगजनी गरिएको छ ।
सोमबार र मङ्गलबार दुई दिन भएको प्रदर्शनको क्रममा घाइते भएका मध्ये ९४९ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार एक हजार ३६८ जना घाइते भएकामध्ये ९४९ जना उपचारपछि डिस्चार्ज भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा तथा कर्फ्यूको समय घटाएको छ ।
सूचना प्रविधिको विकाससँगै प्रयोग भएका नयाँ शैलीले मानव बेचबिखनविरुद्धको अभियानमा चुनौती थपिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालको विषम परिस्थितिबाट मुलुकलाई सम्वाद र एकताबाट पार लगाउन सकिने बताउनुभएको छ । मुख्यमन्त्री पाण्डेले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयम, संवाद र एकताको बाटोबाट मात्र मुलुकलाई पार लगाउन सकिने उल्लेख गर्नुभएको हो ।
प्रजातन्त्रिक विचार समाजले मुलुकको वर्तमान परिस्थितिको समाधान शान्तिपूर्ण वार्ता र लोकतान्त्रिक विधिबाट नै खोज्न अपिल गरेको छ । समाजले आज एक विज्ञप्ति जारी गर्दै नागरिक समाजका सम्पूर्ण सङ्घ, संस्थालाई यस विषयमा एकताबद्ध र सक्रिय हुन समेत अनुरोध गरेको छ ।
बाजुरा कारागारमा सुरक्षा कडाई गरिएको छ । जेनजीको आन्दोलनपछि कैदीबन्दी बाहिर जाने प्रयास गरेसँगै सुरक्षामा कडाई गरिएको हो ।
जिल्लाको बेनी नगरपालिका-४, सिङ्गा तातोपानीमा रहेको लेतेखोलामा आज बिहान आएको बाढीले एक रेस्टुरेन्ट पुरिएको छ । दुईवटा घर, सामुदायिक भवन र मन्दिरमा बाढी पसेर क्षति भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ । यसले वातावरण सामान्य बन्दैगएको छ ।
कारागार कार्यालय सप्तरीको गेट तोडेर बुधबार फरार भएका कैदीहरूमध्ये बिहीबार बिहानसम्म ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इजरायली सेनाले बिहीबार यमनबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र रोकेको जनाएको छ । यो कदम इजरायलले त्यहाँ हवाई आक्रमण गरी कम्तीमा ३५ जनाको ज्यान लिएर एक सय ३० भन्दा बढीलाई घाइते बनाएको एक दिनपछि आएको हो ।
जेनजी आन्दोलनको क्रममा देशभरका विभिन्न कारागार तोडफोड भएपछि हजारौँ कैदी फरार भइरहेका छन् । तर दाङको घोराही कारागार भने सुरक्षित रहेको जनाइएको छ ।
जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका चार जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ।
सीमित कर्मचारीमार्फत अत्यावश्यक बैँकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैँकले बैँक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।
जेनजी आन्दोलको क्रममा आन्दोलनकारीहरू झापाको प्रहरी कार्यालयहरूलाई नियन्त्रणमा लिएर विभिन्न इलाका प्रहरी कार्यालयहरुमा रहेका ९२ जना थुनुवाहरुलाई भगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।