लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले जिल्लाका अधिकांश जङ्गलमा डढेलो लाग्न थालेको छ । हालसम्म यहाँका ३६ सामुदायिक तथा सरकारी जङ्गलमा लागेको डढेलोले सात सय ११ हेक्टर क्षेत्रफल नष्ट गरेको छ ।
स्थानीय सरकारले शैक्षिक सुधारमा नीति तथा कार्यक्रम बनाएर गुणास्तर वृद्धिमा लगानी गरेपछि सामुदायिक विद्यालयहरुको शैक्षिक नतिजा शतप्रतिशत आउन थालेको छ ।
सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा हर्षविक्रम खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । सोमबार उम्मेदवारी दिने दिनको अन्तिम समयसम्म खड्काको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । खड्का यसअघिको वाणिज्य संघको निर्वाचनमा लक्ष्मण कँडलेसँग पराजित हुनुभएको थियो ।
अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा सोमबार वसन्तकालिन यामको सबैभन्दा धेरै आरोही पुगेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको पाँच समहुका स्वदेशी र विदेशी गरी ३२ आरोहीले सफल आरोहण गरेका हुन् ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
नेपाली कांग्रेस गुल्मीले १२ जना युवा र शिक्षा क्षेत्रमा उत्कृष्ट तीन जनालाई सम्मान गर्ने भएको छ । मङ्गलबार गुल्मीमा सुरु हुने तेस्रो जिल्ला सम्मेलनको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट १२ र शिक्षा क्षेत्रमा उत्कृष्ट तीन जनालाई सम्मान गर्ने भएको हो ।
शैक्षिक सत्र सुरु हुनुअघि नै जाजरकोटमा पाठ्यपुस्तक आइपुगेका छन् । विगत वर्ष समयमा पाठ्यपुस्तक नपाएर पठनपाठनमा समस्या हुने गरे पनि गत वर्षदेखि भौगोलिक विकट तथा दुर्गम बस्तीका विद्यालयमा पाठ्यपुस्तक आउने गरेको हो । सरकारले समयमै विद्यालय सञ्चालन गर्न बालबालिकाको पढाइमा सुधार गर्न शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पठाएको हो ।
जिल्लाभर वन जङ्गलमा दैनिक आगलागीका घटना बढ्दै गएका छन् । लामो समय वर्षा नभएका कारण खडेरी पर्नु, घाँसपात राम्रो हुने विश्वास गरिनु र गुच्ची च्याउको उत्पादन हुने विश्वासले दैनिक आगलागीका घटना गराउने गरिएको पाइएको हो ।
कैलालीको धनगढीस्थित मुख्य बजार क्षेत्रमा कालोपत्रे सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कैलाली पुलदेखि हुलाकी रोड जिरो प्वाइन्टसम्म कालोपत्रे सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
लमजुङसहित गण्डकी प्रदेशका गुरुङ समुदायले आज आफ्नो मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व हर्षोल्लासपूर्वक मनाउँदै छन् । गण्डकी प्रदेशभित्र गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मङ्गलबार सांस्कृतिक पर्वका रुपमा ट्होटे पर्व धुमधामका साथ मनाउने गर्दछन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
लोककल्याणकारी राज्यव्यवस्थामा प्रत्येक नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील हुन्छ ।
आमनागरिक हुनु परेकोमा कुण्ठित समूहको आह्वान र आयोजनामा भएको अराजक आन्दोलनले गणतन्त्रको विकल्पमा राजतन्त्रलाई प्रस्तुत गरेको छ । फागुन २५ गतेको नारा र असङ्गठित तथा आकस्मिक जुलुसबाट उत्साहित आयोजकले मृततन्त्र छिट्टै जीवित गराउन स
दक्षिण कोरिया अन्तर्राष्ट्रिय विद्यार्थीका लागि एक उत्कृष्ट गन्तव्य हो ।