• २६ भदौ २०८२, बिहिबार

घोराही कारागार सुरक्षित, ४३६ कैदी सामान्य अवस्थामा

blog

घोराही कारागार कार्यालय । तस्बिरः सन्तोष दहित

सन्तोष दहित
दाङ, भदौ २६ गते ।
जेनजी आन्दोलनको क्रममा देशभरका विभिन्न कारागार तोडफोड भएपछि हजारौँ कैदी फरार भइरहेका छन् । तर दाङको घोराही कारागार भने सुरक्षित रहेको जनाइएको छ ।

घोराही कारागारका प्रमुख जेलर थमन खड्काका अनुसार कारागारमा रहेका ४३६ जना कैदीबन्दी सुरक्षित छन् र सामान्य अवस्थामा बसिरहेका छन् । “देशमा सृजित बिषम परिस्थिति हेरेर कारागारमा पहिलाभन्दा सुरक्षा कडा बनाएका छौं उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म कुनै समस्या छैन ।”

घोराही कारागार सुरक्षित भए पनि जिल्लाकै तुलसीपुर कारागारमा भने मङ्गलबार बेलुकी ठुलो घटना भएको थियो । त्यहाँबाट १२४ जना कैदी कारागार तोडफोड गरी फरार भएका थिए ।

कारागार व्यवस्था विभागका महानिर्देशक लीला शर्माका अनुसार हालसम्म देशभर कम्तीमा ११ हजार ५०५ जना कैदी विभिन्न जेल तोडफोड गरेर फरार भएका छन् । उहाँका अनुसार राजधानी काठमाडौँको सुन्धारा कारागारबाट सबैभन्दा बढी कैदी फरार भएका छन् ।