सुनको मूल्य हालसम्मकै उच्च भएको छ । बुधबारका सुन प्रतितोला एक लाख ५३ हजार एक सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज बिहान सुक्खा पहिरो खसेर महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलङ्गा सडकको मालिकार्जुन गाउँपालिका–८ मेलखेत धामीगाडामा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यातायात साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ ।
लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको हो ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव किरण राईको मासिक तलब दुई हजार अमेरिकी डलर हुने निर्णय कार्यसमिति बैठकले गरेको छ ।
गाजापट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणको शृङ्खलामा कम्तीमा २१ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।
इजरायली सेनाले दक्षिणी गाजापट्टीको भूमिगत सुरुङबाट इजरायली बन्धकलाई उद्धार गरेको छ । ५२ वर्षीय कायद फरहान अल्कादी कुनै गार्ड वा अन्य बन्धक बिना सुरुङमा एक्लै फेला परेको सेनाले जनाएको छ ।
न्यारोगेजदेखि ब्रोडगेज हुँदै आधुनिकतातिर लम्कँदै गरेको नेपालको पहिलो र एक मात्र रेल जयनगर–जकपुरधाम–बिजलपुरा हो । करिब अढाई वर्षदेखि सञ्चालनमा आएको नेपाली रेलले नेपाल तथा भारतका जनतालाई खुसी दिएको छ भने आवतजावत गर्नेलाई सहज बनाएको छ ।
नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीमा रहेको धादिङ अस्पतालले पहिलोपटक स्तन क्यान्सर पहिचान र परीक्षणका लागि मेमोग्राम सेवा सुरु गरेको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले रु एक करोड नौ लाख ६१ हजार मूल्य बराबरको मेसिन उपलब्ध गराएसँगै जिल्ला अस्पतालले मङ्गलबारदेखि सेवा सुरुआत गरेको हो ।
रेसुङ्गा पार्क यतिबेला आन्तरिक पर्यटकरुको प्रमुख रोजाइमा पर्ने गरेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङगाको गर्जुरामा निर्माण भएको पार्कमा शनिबार र अन्य बिदाका दिनहरुमा बालबालिकासहित घुम्न जाने प्रमुख स्थल बन्ने गरेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजना पाँच दिनसम्म फेला पर्न सकेका छैनन् ।
गोरखामा अरिँगालले टोकेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका – ९ सानोवेशीका ६५ वर्षीय जयबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बु भाषा
भारतमा पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीनजनाको परिवारलाई माडी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । गत बिहीबार भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परेर मृत्यु भएकाका परिवारलाई किरिया खर्च र अन्य आवश्यक सहयोग गर्ने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’मा प्रकाश तामाङको कथा हेरेपछि उहाँलाई तत्काल नागरिकता दिलाउन पहल गर्नुभएको छ ।