जेनजी आन्दोलको क्रममा आन्दोलनकारीहरू झापाको प्रहरी कार्यालयहरूलाई नियन्त्रणमा लिएर विभिन्न इलाका प्रहरी कार्यालयहरुमा रहेका ९२ जना थुनुवाहरुलाई भगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापामा एक व्याक्तिको धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ । बुधबार राति करिब ८ बजे मेचीनगर नगरपालिका– ७, गैरीगाउँमा ५० वर्षीय नारायण ज्ञवालीले आफ्नै घरको कोठामा दुवागढीका ४० वर्षीय मोहम्मद फौमोदिनलाई धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
रौतहटको गुजरा नगरपालिका सिमरा भवानीपुरले तीन दिन शोक बिदा दिएको छ ।
सिन्धुलीमा प्रहरीले बिहीबारसम्म कारागार कार्यालय फोरेर भागेका १६९ जना कैदीबन्दीलाई पक्राउ गरेको छ ।
जेनजी आन्दोलनका नाममा तोडफोड र आगजनीले अस्तव्यस्त बनेको तनहुँको सदरमुकाम दमौली बिहीबारदेखि फेरि सामान्यतर्फ फर्किन थालेको छ ।
नेपाली सेना लगायतका सुरक्षा निकायहरू परिचालनमा रहँदा सोमबार साँझदेखि मङ्गलबार बिहानसम्म विभिन्न स्थानमा सुरक्षा गतिविधि तीव्र बनेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रूपमा सञ्चालन भइरहेको छ ।
नव युवापुस्ता ‘जेनजी’ ले सुरु गरेको शान्तिपूर्ण प्रदर्शनले हिंसात्मक रूप लिन थालेपछि अशान्त बनेको स्याङ्जा सामान्य बन्दैगएको छ । पसलहरु पूर्णरुपमा खुलेका छन् भने नीजि सवारी साधनहरु चल्न थालेका छन् ।
जिल्लामा यस वर्ष धानखेतीको क्षेत्र घटेको छ । गत वर्ष बाह्र हजार १५४ हेक्टर क्षेत्रमा धानखेती भएकामा यस वर्ष ११ हजार पाँच सय हेक्टरमा मात्र धानखेती विस्तार भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।
सप्तरीको राजविराज नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।पालिकाको वडा नम्बर १० स्थित दिघबामा करेन्ट लागेर ३५ वर्षीया ललिता देवी मण्डलको मृत्यु भएको हो ।
ताप्लेजुङमा बिहीबार साँझ ५ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जेनजी पुस्ता (समूह) ले गरेको प्रदर्शन हिंसात्मक भई देशमा विषम परिस्थितिको सिर्जना भएको अवस्थालाई दृष्टिगत गरी प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले निषेधाज्ञा जारी गर्नुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी पुस्ताले उठाएका मागहरूको निकास संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाटै हुनुपर्नेमा जोड दिनुभएको छ।
गौर कारागारबाट मङ्गलबार राति फरार भएका कैदीबन्दी मध्ये १३ जनालाई भारतीय एसएसबीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको राजविराजस्थित रहेको कारागारको अवस्था बिहीबार सामान्य बनेको छ । कारागारको ताल्चा तोडेर एक सय ९३ जना कैदी बुधबार भागेपछि दिनभर तनावग्रस्त अवस्थामा रहेको कारागार अहिले सामान्य अवस्थामा बनेको राजविराज कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो ।
गुल्मीमा कतै विद्यालय सञ्चालन त कतै बन्द हुने अवस्था रहेको छ । जेनजी आन्दोलनको क्रममा विद्यार्थीको मृत्युको शोकमा बिदा गरिएका विद्यालय पछिल्लो परिस्थितिका कारण बन्द थिए ।