• २६ भदौ २०८२, बिहिबार

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ २६ गते ।
सप्तरीको राजविराज नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।पालिकाको वडा नम्बर १० स्थित दिघबामा करेन्ट लागेर ३५ वर्षीया ललिता देवी मण्डलको मृत्यु भएको हो ।

आफ्नै घरको कलमा पानी तान्न प्रयोग गर्ने मोटर चलाउने क्रममा करेन्ट लागेर बुधबार उहाँ घाइते हुनुभएको थियो ।

घाइते अवस्थामा उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।