• २६ भदौ २०८२, बिहिबार

झापामा चक्कु प्रहार गरेर हत्या

blog

बिष्णुप्रसाद पोखरेल
दमक, भदौ २६ गते ।
 झापामा एक व्याक्तिको धारिलो हतियार प्रयोग गरेर हत्या भएको छ । बुधबार राति करिब ८ बजे मेचीनगर नगरपालिका–७, गैरीगाउँमा ५० वर्षीय नारायण ज्ञवालीले आफ्नै घरको कोठामा दुवागढीका ४० वर्षीय मोहम्मद फौमोदिनलाई धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

चक्कु प्रहारबाट फौमोदिनको पेट, ढाड र शरीरका विभिन्न भागमा गम्भीर चोट लागि  घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

चक्कु प्रहार गरेको अभियोगमा ज्ञवाली र साथमा रहेकी श्रीमती सुजता ज्ञवालीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बूले जानकारी दिनुभयो ।