• २६ भदौ २०८२, बिहिबार

संवैधानिक दायरामा रहेर निकासको खोजी : राष्ट्रपति

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौँ, भदौ २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिने प्रयासमा रहेको बताउनुभएको छ ।

रामचन्द्र पौडेलले बिहीबार लिखित सम्बोधनमार्फत देशलाई कसरी निकास दिन सकिन्छ भनेर आफू प्रयासमा रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले नेपाली दाजुभाइ तथा दिदीबहिनीका नाममा एक लिखित सम्बोधनमार्फत् जारी गर्नुभएको बक्तब्यमा भनिएको छ, ‘‘आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भईरहेको विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुब्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई आग्रह गर्दछु ।’’