गुणबहादुर रोका
सुलीकोट, भदौ २६ गते । गोरखा कारागारमा कैदीबन्दीको आन्दोलपछि नेपाली सेना तैनाथ गरिएको छ । गोरखा कारागारका कैदीबन्दीहरूले बिहीबार बाहिर निस्कन पाउनु पर्ने माग राख्दै आन्दोलन गरेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तैनाथ गरिएको कारागार प्रशासनले जनाएको छ ।
कारागारका कैदीबन्दीको आन्दोलनपछि त्यहाँको अवस्था नियन्त्रण गर्न जिल्ला प्रशासनको आग्रहमा नेपाली सेनाले कारागार परिसरमा सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो ।
नेपाली सेनाको बाक्लो उपस्थिती पछि कैदी बन्दीहरू शान्त अवस्थामा रहेको कारागार प्रशासनले जनाएको छ । कारागार प्रशासनले भने कैदीबन्दीहरूको माग असंवैधानिक भएको र कानुन विपरितका गतिविधी स्वीकार गर्न नसकिने स्पस्ट पारेको छ ।
आज बिबिहारबाट गोरखा कारागारमा सुरक्षा सतर्कता कडा पारिएको कारागार प्रशासनले जनाएको छ । जेनजीको आन्दोलनमा अन्य जिल्लामा कैदीबन्दी बाहिर निस्कन थालेपछि गोरखाका एक सय सात जना कैदीहरू पनि आफूहरू पनि निस्कन पाउनु पर्ने दाबी गर्दै आन्दोलनमा उत्रिएका बताइएको छ ।