• ३० भदौ २०८२, सोमबार

मृत महिलाको सनाखत हुन सकेन

blog

सनाखत हुन नसकेको महिलाको शव ।

अमरराज नहर्की

तनहुँ, भदौ २६ गते । तनहुँको व्यास नगरपालिका–१, तालघरेस्थित डिहीगाउँ र रानीगाउँ जाने पक्की पुलमुनि फेला परेकी मृत महिलाको सनाखत हुन सकेको छैन । 

भदौ २३ गते दिउँसो ३:२५ बजे करिब ३५ वर्षकी महिलालाई बुल्दी खोलामा डुबिरहेको अवस्थामा उद्धार गरी प्रदेश अस्पताल तनहुँ लगिएको थियो । तर उपचारकै क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । 

मृतकको शव हाल प्रदेश अस्पताल दमौलीको शव गृहमा राखिएको छ । अहिलेसम्म पनि सनाखत नभएको थापाले बताउनुभयो । प्रहरीका अनुसार मृतक महिलाले भेण्टा (पर्पल) रङ्गको टिसर्ट लगाउनुभएको छ ।

टिसर्टको अगाडि सेतो र खैरो रङ्गको गुडियाको चित्र छ । उहाँको उचाइ करिब ५ फिट २ इन्च रहेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त हुलियासँग मेल खाने व्यक्तिलाई कोही कसैले चिनेमा तत्काल जिल्ला प्रहरी कार्यालय तनहुँ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।