• २६ भदौ २०८२, बिहिबार

सप्तरीमा कर्फ्यूकाे समयावधि घटाइयो

blog

कर्फ्यूको आदेशपछि सुनसान राजविराज । तस्बिर : विनय कर्ण

विनय कर्ण

कल्याणपुर (सप्तरी), भदौ २६ गते । जिल्ला प्रशासन कार्यालय सप्तरीले मङ्गलबार जारी गरेको अनिश्चितकालिन कर्फ्यूको आदेश केही खुकुलो पारेको छ। बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहान १० बजेदेखि ५ बजेसम्म र बेलुका ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यूको आदेश जारी गरेको हो ।

जिल्ला सुरक्षा समिति बैठकको निर्णयानुसार बिहीबार गतेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम सप्तरी जिल्ला भरी तोकिएको सीमानाभित्र कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यूको आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो ।

आम सर्वसाधारणको आवश्यकतालाई मध्यनजर गर्दै कर्फ्यूको केही खुकुलो पारिएको प्रजिअ पोखरेलले बताउनुभयो । “आम सर्वसाधारणको आवश्यकतालाई मध्यनजर गर्दै केही खुकुलो बनाएका छौं । यसको समिक्षा गर्दै शुक्रबार बिहान थप निर्णय गरिने छ,” उहाँले भन्नुभयो।

‘जेनजी’ को नामबाट मङ्गलबार सुरु भएको प्रदर्शनले लिँदै सरकारी कार्यालयहरूमा आगजनी गरेपछि सोही दिन दिउँसो साढे ३ बजे जिल्ला प्रशासन कार्यालय सप्तरीले कर्फ्यूको आदेश जारी गरेको थियो ।

कर्फ्यूको आदेशजारी भएपछि सदरमुकाम राजविराज दुई दिनदेखि सुनसान छ भने जिल्लाको अन्य स्थानमा पनि कुनै अप्रिय घट्ना भएको छैन ।