• २५ भदौ २०८२, बुधबार

पाँचथर सदरमुकाम फिदिममा कर्फ्यू

blog

फाइल तस्बिर

राधा लुइटेल 

फिदिम, भदौ २५ गते । जिल्ला प्रशासन कार्यालय पाँचथरले सदरमुकाम फिदिम नगरपालिकाका मुख्य भागमा कर्फ्यू आदेश जारी गरेको छ । 

प्रशासनले सूचना जारी गर्दै आज अपरान्ह ३ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

यो आदेश सदरमुकामस्थित वडा १,२,३ र ४ मा लागु हुने उल्लेख छ । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलद्वारा हस्ताक्षरित सूचनामा पूर्वमा फेमेखोला, पश्चिममा जोरसाल बजार ,उत्तरमा गडीडाँडा र दक्षिणमा होक्मा खोला सम्मलाई कर्फ्यूको क्षेत्र तोकिएको छ । यो समयमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन, भेला जम्मा नहुन र जुलुस, प्रदर्शन, सभा बैठक नगर्न प्रशासनले भनेको छ ।

यस्तै सञ्चार, एम्वुलेन्स र कुटनितिक नियोगका सवारीलाई सुरक्षाकर्मीले सहजिकरण गर्ने प्रशासनले जनाएको छ ।  

यसैबिच अघिल्लो दिन प्रदर्शनका कारण केहि तनाव व्यहोरेको पाँचथरमा बुधवारदेखि जनजीवन सामान्य बन्न थालेको छ । उद्योग वाणिज्य संघले प्रर्दशनका क्रममा ज्यान गुमाएका नागरिकको शोकमा बजार वन्द गर्ने निर्णसँग चोक वजार सुनसान देखिएका छन भने सडकमा नेपाली सेनाले गस्ती गरिरहेको छ । 

अघिल्लो दिन प्रदर्शनका क्रममा जिल्ला प्रशासन कार्यालयको गेटमा टायर वाल्नका साथै ढुंगा हानिएको थियो । यद्पी अप्रिय घटना भने नभएको स्थानीय प्रशासनले जनाएको छ ।