अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सगरमाथा यूथ क्लब मोरङ र सलहेश युवा क्लब सिराहाबिच प्रतिस्पर्धा हुने भएको छ ।
यहाँको फिदिममा विपद् प्रतिकार्यमा प्रयोग हुने सहायता सामग्रीको खुलाकक्ष स्थापना भएको छ ।
बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको कोहलपुर नगरपालिका–१५ स्थित पश्चिमी मूलनहर
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका परम्परागत संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटीले काठमाडौँको स्वास्थ्य, खानेपानी, ढल, सडक, खाद्यान्न, वातावरण लगायत अन्य सुधार गरिनुपर्ने क्षेत्रका सन्दर्भमा ध्यानाकर्षण गराएको छ ।
यहाँ दुर्घटनामा परेको बस निकाल्नको लागि पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक खण्ड बन्द भएको छ । सोमबार बिहानबाट बन्द भएको हो ।
नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष तथा नेपाली नारी आन्दोलनकी पहिलो महिला नेतृ मङ्गलादेवी सिंहको २८ औँ स्मृति दिवस मनाइएको छ ।
समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुग्नुभएकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर (अक्सिजन अभाव भएर) बिरामी पर्नुभयो ।
बर्सातका कारण जिल्लाका ग्रामीण तथा कृषि सडक अवरुद्ध भएका छन् । पहिरोले सडक अवरुद्ध हुँदा पैदलयात्री तथा सवारीसाधन आवतजावतमा समस्या भएको हो । रुकुमपूर्वका तीन वटै स्थानीय तहका विभिन्न ग्रामीण तथा कृषि सडक अहिले पूर्ण रूपमा अवरुद्ध छन् । असारदेखि लगातार वर्षा भएकाले जिल्लाका विभिन्न खण्डका ग्रामीण सडक अवरुद्ध भएका हुन् । वर्षायाममा हरेक वर्ष पहिरोले ग्रामीण सडक अवरुद्ध हुने गरेको छ ।
दाङमा निर्माणाधीन घोराही–तुलसीपुर चार लेन सडकको ठेक्का तोडिएको एक वर्षभन्दा बढी भयो । सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले काम नगरेर सडक अलपत्र पारेपछि २०८० जेठमा तत्कालीन सरकारले भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टसँग ठेक्का सम्झौता रद्द गरेको थियो ।
बुटवलको पुरानो एवं ऐतिहासिक बजार बटौलीलाई सम्पदा संरक्षित क्षेत्रका रूपमा विस्तार गर्ने गरी संरक्षण गरिने भएको छ । बुटवल उपमहानगरपालिकाले त्यसका लागि सम्बन्धित पक्षसँग छलफल थालेको छ । बुटवलको वडा नं. १ र २ मा पर्ने पुरानो बजार ‘बटौली’ क्षेत्रलाई पुरानै अवस्था झल्काउने गरी पुनर्निर्माण गर्ने, सम्पदा संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने योजनाका साथ बुटवल उपमहानगरपालिकाले छलफल थालेको हो ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज काभ्रेमा करिब १० हजार कन्यालाई पुजिँदैछ । प्राचीन, ऐतिहासिकता बोकेको बनेपा सहरमा एक सय २२ वर्षअघि सुरु गरिएको ‘कन्यापूजा’ (रजस्वला नभएका १० वर्षमुनिका कन्यालाई)लाई हरेक वर्ष यही दिन पुजिँदै आइएको छ ।
नेपालगन्जका विभिन्न चोक र मुख्य सडकमा फेरि छाडा चौपाया बढ्दै गएपछि उपहानगरपालिकाले व्यवस्थापन सुरु गरेको छ । छाडा चौपायाकै कारण सडकमा आवागमन गर्न समस्या हुँदै गएको र दुर्घटनासमेत हुन थालेको जनगुनासोपछि व्यवस्थापन सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
कृषि क्षेत्रको उत्थानका लागि तिनै तहका सरकारले थुप्रै योजना सार्वजनिक गरेका छन् । घोषणा गरिएका कृषिसँग सम्बन्धित लोकप्रिय कार्यक्रम कार्यान्वयन हुन नसक्दा किसानका समस्या ज्युँका त्युँ रहेका छन् । जिल्लाको कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, पालिकाका कृषि विकास शाखामा सरकारको प्रतिनिधित्व गर्ने यी कार्यालयले कृषि क्षेत्रमा कायापलट ल्याउने गरी कार्यक्रम तथा योजना घोषणा गरिएका भए पनि व्यवहारमा ती कार्यक्रम लागु हुन नसकेको किसानले गुनासो गर्न थालेका छन् ।
म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो ।