संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ लाई जनस्तरमा स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
श्रीकृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा आइतबार सुनसरीको इनरुवा बजारमा बिक्रीका लागि राखिएका जन्माष्टमी लक्षित राधाकृष्णका पोशाकलगायत पूजा सामग्री ।
इजराइलले लेबनानमाथि हवाई आक्रमण सुरु गरेपछि एयर फ्रान्सले आइतबार र सोमबार तेल अभिव र बेरुतका लागि निर्धारित उडानहरू निलम्बन गरेको छ ।
नेपाल एपिएफ क्लबको महिला फुटबल टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणको पहिलो खेलमा उज्वेकस्तानको नसाफ क्लबसँग १–० गोलले पराजित भएको छ ।
सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त पदमा न्यायाधीश सिफारिस गर्न प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको न्याय परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ ।
सेयर बजारविज्ञ तथा विश्लेषक एवं लेखक रवीन्द्र भट्टराईको नयाँ पुस्तक ‘सेयर सूत्र’ सार्वजनिक गरिएको छ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय जलस्रोत विभाग सदस्य प्रा. डा. मोजराज बगाले नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ।
नेपाली कांग्रेसले रामेछापको शैलुङ्गमा गएको पहिरो, सिन्धुलीको गोलन्जोरमा भएको जिप दुर्घटना र विभिन्न स्थानमा भएका बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सरकारको योजना रहेको बताउनुभएको छ।
भारतबाट अवैध रूपमा भित्र्याइएका १० लाख रुपियाँ भन्दा बढीको अवैध सामानलाई नेपालगन्ज भन्सार कार्यालयले नष्ट गरेको छ।
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले आइतबार यस्तो निर्देशन दिनुभएको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भलिबल र तेक्वान्दो खेलको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । राखेपले भलिबलको नयाँ मुख्य प्रशिक्षकमा जगदिश भट्ट र तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिएको हो ।
छत्रेश्वरी गाउँपालिकामा एक वर्षमा ८ सय २१ धारा निर्माण भएका छन् । एक घर एक धारा को अभियानमा रहेको छत्रेश्वरीले आर्थिक वर्ष २०८०।०८१ मा मात्रै ८ सय २१ घरधुरीमा खानेपानी धारा निर्माण गरेको हो ।
राष्ट्रिय सभा बैठकमा गृहमन्त्री रमेश लेखकले जाजरकोट भूकम्प प्रभावितले सहज रूपमा राहत उपलब्ध गराउन सरकार दत्तचित्त भएर लागिरहेको बताउनुभएको छ ।