लैनचौरस्थित शान्ति विद्यागृहले आफ्ना विद्यालयका छात्र/छात्रालाई ‘थाली नृत्य’ को प्रशिक्षण दिन थालेको छ । मगर समुदायमा विभिन्न चाडपर्व, मेलामा दुई हातमा थाल लिएर गरिने मौलिक नृत्यको समूह तयार गर्ने लक्ष्यले विद्यालयले यस्तो नृत्यको प्रशिक्षण दिन थालेको हो ।
धनकुटाको छथरजोरटी गाउँपालिका–२, फलैँचाका चन्द्रकुमार सारूमगर बर्सेनि आलु खेती गर्नुहुन्छ । उहाँ बन्दा, मुला, मटरकोसासँगै केही वर्षयता निरन्तर आलु खेती गर्दै आउनुभएको छ । उहाँले अरू बालीलाई भन्दा आलुलाई बढी प्राथमिकता दिने गर्नुभएको छ । त्यसको कारण मूल्य नपाउने समस्या नहुनु । “बन्दा, मुला, मटरकोसा आदि बालीको मूल्य कहिलै स्थिर हुँदैन तर आलुले मूल्य नपाउला भन्ने समस्या हुँदैन,” मगर भन्नुहुन्छ । उहाँले भन्नुभयो, आलु प्रतिकिलो थोरै मूल्य हुँदा पनि ३० देखि ३५ रुपियाँमा बारीबाटै बिक्री हुन्छ । राखेर अलिपछि बिक्री ग¥यो भने ५० देखि ६० रुपियाँसम्म मूल्य पाइन्छ ।
दोलखाको उत्तरी क्षेत्रको गौरीशङ्कर गाउँपालिका– ९ मा रहेको प्राकृतिक छ्योतछ्योत (तामाङ भाषामा पवित्र जल ) झरना ओझेलमा परेकोमा स्थानीय चिन्तित बनेका छन् ।
सरकारले पटक पटक निर्यातलाई वृद्धि गरेर आयातलाई घटाउने जनाउँदै आए पनि पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट व्यापार घाटा धेरै बढी भएको पाइएको छ । यहाँस्थित जमुनाहा नाकाबाट आयातको तुलनामा अतिनै न्यून परिमाणमा निर्यात भएकाले यो नाकाबाट ६५ अर्बभन्दा बढी व्यापार घाटा भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल अध्यक्ष रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले भारतसँग जोडिएका विभिन्न सीमा नाकाबाट अवैध रूपमा भित्रिरहेको दुध तथा दुग्धजन्य पदार्थलाई रोक्न सरोकारवाला निकायलाई आग्रह गरेको छ । बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले किसानको आफ्नै दुध पर्याप्त भइरहेका बेला भारतबाट अवैध रूपमा आयात भइरहेको छ र त्यसलाई कृषि मन्त्रालयमार्फत अनुगमन गरी रोक्नका लागि पहल गरिने निर्णय भएको बताउनुभयो । अवैध रूपमा आइरहेको दुधलाई कृषि मन्त्रालयले मात्र रोकेर रोकिँदैन, यसका लागि अर्थ मन्त्रालय, उद्योग र गृह मन्त्रालयले चासो दिए मात्र सम्भव रहेको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा समसामयिक राजनीतिक सन्दर्भलाई लिएर पेचिलो बहस भइरहेको छ। साउन २ गतेदेखि जारी बैठकमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को झन्डै दुईतिहाइ बहुमतको सरकारले दुई पटक संसद् विघटन गरेपछि उत्पन्न परिस्थितिदेखि अहिले कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितका राजनीतिक दलसँगको सहकार्यसम्मका विषयमा गम्भीर समीक्षा भइरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको दोस्रो कार्यकालमा सुरुवातका राजनीतिक उपलब्धिलाई समेटेर पार्टीलाई नवीन साङ्गठनिक संरचनासाथ अघि बढाउनुपर्ने केन्द्रीय सदस्यहरूको सुझाव छ।
खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन् । यस अघि ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् विस्तारमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा परेका हुन् ।
सङ्घीय संसद् र प्रदेश सभाका सभाध्यक्षहरूले सरकारले सदनलाई दिने बिजनेसबारे परामर्शको प्रक्रिया अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सातै प्रदेशका सभामुखसहितको अन्तर्क्रियाले सरकारी कार्यसूचीको कार्यबोझबारे अधिवेशनअगावै जानकारी दिने व्यवस्थाका लागि पनि ध्यानाकर्षण गराएका छन्।
मकवानपुरको बकैया गाउँपालिका–५ का ११ जना भूमिहीन र दलित परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन्। मकवानपुरको बकैया गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जग्गाधनी पुर्जा वितरण गर्नुभएको हो।
बाँदरका कारण बर्सेनि खेतीमा नोक्सानी खेप्दै आएका बागलुङका किसान बाली बीमा भने गर्दैनन् । वर्षा, हिमपात, असिना, हावाहुरी तथा जङ्गली जनवारले बालीमा क्षति पु¥याएका खण्डमा बीमा गरेपछि सो बापतको रकम उपलब्ध हुने गर्दछ ।
पूर्वी चितवनको टिकौली जङ्गलमा कृष्णसार ल्याइने भएको छ। कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको हो। प्राविधिक पक्षको अध्ययन गरी रत्ननगर नगरपालिकाको टिकौलीमा कृष्णसार राख्न आवश्यक तयारीको काम सकिएको नगर प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिनुभयो। “कृष्णसारलाई आवश्यक पर्ने बासस्थानको निर्माण भइसकेको छ अब विभागले निर्देशन दिएपछि यहाँ ल्याउने छौँ,” उहाँले भन्नुभयो। कृष्णसार आगामी दसैँअघि नै स्थानान्तरण गर्ने गरी काम अगाडि बढेको उहाँले बताउनुभयो।
बालबालिकासँग सम्बन्धित विषयमा राज्यको सरोकार बढ्दै गएको र शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा लगानी वृद्धि हुँदै गएको छ। बालबालिकाको शिक्षामा पहुँच र भर्ना दर बढेसँगै शिशु तथा बाल मृत्यु दर घटेको छ तर बालविवाहको दर उल्लेख्य रूपमा घट्न नसकेको र कतिपय बालबालिका आधारभूत अधिकार उपभोग गर्नबाट वञ्चित रहेको अवस्था छ। बालबालिकासम्बन्धी यी मुद्दा सम्बोधन गर्न तथा बालबालिकाको हक अधिकारसम्बन्धी प्रावधानको व्यावहारिक कार्यान्वयन गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले बालबालिकासम्बन्धी नीति, २०८० ल्याउन लागेको छ।
मिटरब्याजसम्बन्धी विधेयक पारित प्रक्रियामा राष्ट्रिय सभामा उठाएका संवैधानिक र कानुनी प्रश्नबारे महान्यायाधिवक्ताले कार्यव्यवस्था परामर्श समितिमा राय दिनुभएको छ। समितिको आमन्त्रण अनुसार महान्यायाधिवक्ता दीनमणि पोखरेलले आइतबार राय दिनुभएको हो। समितिले रायपछि पनि थप राजनीतिक परामर्श गरेर मात्र विधेयकलाई कार्यसूचीमा राख्ने सहमति गरेको छ।
नेपालमा डेङ्गु महामारीका रूपमा देखा परेको छ । दुई सातामै दुई हजार नौ सय डेङ्गुका बिरामी थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेङ्गु महामारी बढ्दै गएको बताउनुभयो । उहाँले शनिबार बेलुकीसम्म सुनसरीमा मात्रै दुई हजार पाँच सय जना डेङ्गुका बिरामी पुष्टि भएको जानकारी दिनुभयो । महाशाखाले गत असार २५ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत पुसदेखि एक हजार १९२ डेङ्गुका सङ्क्रमित थिए । त्यसयता सङ्क्रमितको सङ्ख्या चार हजार पुगेको बताउँदै उहाँले भन्नुभयो, “हामी डेङ्गु नियन्त्रणका लागि अहिले धरानमा छौँ ।”
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेको ब्युरोले जनाएको छ । श्रेष्ठले उक्त सरकारी जग्गामा मोही प्रमाणित गराई व्यक्तिका नाममा नामसारी गर्न भूमिका निर्वाह गरेको ब्युरोले जनाएको छ । सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले श्रेष्ठसँगै ललिता निवास प्रकरणमा जोडिएका हालसम्म १९ जना पक्राउ परेको जानकारी दिनुभयो । उहाँले यस प्रकरणमा थप व्यक्तिको समेत मिलेमतो देखिएकाले उनीहरूमाथि ब्युरोले अनुसन्धानसँगै निगरानी पनि बढाएको बताउनुभयो । उहाँले पक्राउ परेका आरोपितमध्ये अधिकांशको बयान तथा सोधपुछ सकिएको समेत जानकारी दिनुभयो ।