• २४ भदौ २०८२, मङ्गलबार

जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई अर्जुन चौपारीको पाँच लाख सहयोग

blog

अर्जुन काफ्ले
स्याङ्जा, भदौ २४ गते ।
अर्जुनचौपारी गाउँपालिकाले जेनजी आन्दोलनमा घाइते र मृतकका परिवारको राहतको लागि पाँच लाख सहयोगको घोषणा गरेको छ ।

गाउँपालिकाले स्थापना गरेको सामाजिक उत्तरदायित्व कोषबाट सहयोग गर्ने गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विज्ञप्तिमार्फत बताउनुभएको हो ।

विज्ञप्तिमा जेनजी आन्दोलनमा गम्भीर घाइते प्रति सहानुभूति प्रकट गर्दै आन्दोलनमा जीवन गुमाउनु भएका स्वर्गीय आत्मा प्रति श्रद्धान्जली अर्पण गर्दै परिवार प्रति गहिरो समवेदना प्रकट गरिएको छ । आन्दोलनमा भएको दमन र आक्रमणप्रति गाउँपालिकाले गहिरो चिन्ता र दुःख प्रकट गरेको हो ।

लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा जेनजी पुस्ता र नागरिकहरूले आफ्ना आवाज शान्तिपूर्ण रुपमा उठाउने अधिकारलाई दबाउने जुनसुकै प्रयास अस्वीकार्य रहेको विज्ञप्तिमा तिवारीलले बताउनु भएको छ ।

आन्दोलनका क्रममा भएका सबै घटनाको निष्पक्ष छानविन, दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन तथा पीडितलाई न्याय दिलाउन, घाइतेहरूको उपचार खर्चको जिम्मा लिन सरकारसँग माग गर्नुभएको छ ।