शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २६ गते । भोलाकुमार श्रेष्ठको पुस्तक ‘नेपालमा पुस्तकालय’ लोकार्पण भएको छ । राजधानीमा एक कार्यक्रमबिच उक्त पुस्तक लोकार्पण गरिएको हो । सिङ्गो जीवन पुस्तकालय सेवामा समर्पित गर्नुभएका श्रेष्ठले आफ्नो कृति ‘नेपालमा पुस्तकालय’ मा नेपालमा पुस्तकको इतिहासका पाटालाई उजागर गर्नुभएको छ ।
आठ वटा अध्यायमा विभाजन गरिएको पुस्तकमा प्राचीन समयदेखि हालसम्मको पुस्तकालय स्थापना र विकासका लागि योगदान पु¥याएका संस्था एवं व्यक्तित्वका बारेमा समेट्ने जमर्को गरिएको छ । पुस्तकलाई बी रिडले प्रकाशन गरेको हो ।