नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ । आज शिक्षकहरू बबरमहल–बानेश्वर सडकमा भेला भएर सिट्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले आफ्ना माग सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।
फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ । लिगमा ६ खेल अघिनै च्याम्पियन बनेको पिएसजीले शनिबार राति भएको खेलमा एन्जर्सलाई १–० गोलले हरायो ।
सीताको जन्मभूमि नगरी जनकपुरधाममा आज रामनवमी पर्व धूमधामका साथ मनाइँदै छ । भगवान् रामको जन्म चैत्रशुक्ल नवमी तिथिमा भएको स्मरणमा आज रामनवमी पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ ।
यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् ।
देशैभरको वायु प्रदूषित हुँदा आम नागरिकको दैनिकी असहज बन्दै गएको छ ।
याँ वर्ष नजिकिएसँगै सुदूरपश्चिम क्षेत्रका भारतीय नाकामा चहलपहल बढेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा नयाँ वर्षलाई बिशु पर्वका नामले धुमधाम साथ मनाउने चलन छ ।
दुर्गमका स्वास्थ्य संस्थामा सधैँ समस्या हुने गरेको छ । कहिले जनशक्ति अभाव त कहिले उपकरण अभावमा दुर्गमका स्वास्थ्य संस्था जहिले समस्यामा हुने गरेको पाइएको हो ।
म्याग्दीदेखि ढोरपाटन सडक सञ्जालसँग जोडिने भएको छ ।
संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो ।
धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित धनौजी खानेपानी आयोजना कार्यालय परिसरमा आइतबार बिहान आगलागी भएको छ । बिहान करिब ९ बजे नजिकै रहेको वन क्षेत्रबाट फैलिएको आगोले कार्यालय परिसरमा आगलागी भएको हो ।
भौगोलिक हिसाबले दुर्गममा रहेको निसीखोलामा कालोपत्र सडक टल्किँदासमेत हिलो धुलोको समाना गरिरहेको राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ बजार क्षेत्रले रुप बदल्न थालेको छ । यहाँको सडक मापदण्ड पूरा गरेर धमाधम स्तरोन्नतिसहित कालोपत्रको काम सुरु भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई रामनवमीको शुभकामना व्यक्त गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले रामनवमी र चैते दसैँको शुभकामना व्यक्त गर्नुभएको हो ।
देशकै प्रतिष्ठित संस्थाको प्रेक्षालयको मञ्च विभिन्न ध्वजापताकाले सजिसजाउ थियो । लाग्थ्यो यस वर्षको सर्वोत्कृष्ट कथाकार यही मञ्चबाट घोषणा गरिँदै छ । मानिस आवतजावत गरिरहेका थिए । उ
ग्रामीण पर्यटन प्रवर्द्धनका लागि ओखलढुङ्गाको सबैभन्दा अग्लो थोलेदेम्बा डाँडामा गल्फ महोत्सव हुने भएको छ ।